ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगर प्रमुख भण्डारीद्धारा गुठिबाट मुक्ती माग्दै सभापतिलाई ज्ञापन पत्र


एबीसी न्यूज
फाल्गुन १७, २०७५ शुक्रबार  ७ : ०८ बजे



दैलेख ,१७ फागुन । दैलेख जिल्लाको दुल्लू क्षेत्रमा ठुलो समस्याका रुपमा रहेको गुठी जग्गाको समस्या समाधनका लागि दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीको नेतृत्वमा गएको समुहले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति माननिय पूर्णाकुमारी सुबेदीलाई ज्ञापन पत्र बुझाएको छ ।

दु्ल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारी सहित प्रतिनिधि सभाका सदस्य माननिय राजबहादुर बुदा, प्रदेश सभा सदस्य शुशिल थापा पुर्ब माननिय बिनोद कुमार शाह लगायत दुल्लू नगरपालिका वडा अध्यक्ष सहितको टोलिले समितिका सभापति माननिय पुर्णा कुमारी सुबेदीलाई भेटि दैलेखमा भएको गुठी जग्गाको अबस्था , समस्या र समाधानका उपायका बारेमा बताईएको थियो । भेटधाटमा दुल्लू नगरपालिकाका प्रमुख भण्डारीले आफ्नो क्षेत्रका जनतालाई गुठि जग्गाको कारण पर्न गएका समस्याहरु ७५ प्रतिशत भु भाग गुठिको नाममा रहेको र सो मार्फत राजश्व संकलनमा समेत समस्या आएको बताउनु भयो ।

एउटै भुगोलमा रैकर जग्गाको तुलनामा गुठिको तिरो महसुल महङ्गो भएको, बैङ्कीङ धितोका लागि प्रयोगमा नआएको र लालपूर्जामा महन्तको नाम उल्लेख भएका कारण समस्या भएको जस्ता कुराहरु राख्नु भएको थियो ।

त्यस्तै भण्डारीले गुठी जग्गाको समस्या र समाधनका बारेमा सभापति माननिय पूर्णाकुमारी सुबेदीलाई दुल्लू नगरपालिकाको तर्फबाट ज्ञापन पत्र प्रस्तुत गरि बुझाउनु भएको थियो । सभापति सुबेदीले दुल्लू क्षेत्रको गुठी जग्गाको बारेमा आफु अहिले मात्र प्रस्ट भएको र फरक फरक जिल्लामा फरक फरक समस्या भएकाले दैलेख जिल्लाको गुठि समस्या समाधानका लागि कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति मार्फत अधि बढ्ने बताउनु भयो । परापुर्बकाल देखि चल्दै आएको पर्ब, पुजाआजा , धर्म संस्कृति रक्षा र मन्दिर संचालनका लागि एउटा मन्दिरमा एउटा अक्षयकोष स्थापना गर्ने र सोको प्राप्त ब्याजबाट मन्दिरको संचालन र व्यबस्थापन गर्ने ऐनमा व्यबस्था गर्र्न आग्रह गर्नु भयो ।

त्यस्तै उक्त टोलिले भुमि व्यबस्था सहकारी तथा गरिबि निवारण मन्त्रालयका सचिब गोपीनाथ मैनालीलाई भेटी गुठी जग्गाको समस्या समाधानका लागि छलफल गरेको थियो । सचिब मैनालीले समस्या समाधनका लागि आफ्नो तर्फबाट सक्दो पहल भएको र मन्त्रीपरिषद्बाट गुठि ऐन पास भई सकेकाले अब कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा माननियहरुले जनताको पक्षमा थप कार्य गर्नुपर्ने बताउनु भयो । संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत साधन समितिले गुठि ऐन पारितका लागि २०७५ साल फागुन २१ गते संसदमा पेश गर्दैछ ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत साधन समितिका सदस्य माननिय राजबहादुर बुढाले दैलेखको गुठि समस्या समाधानका लागि प्रतिनिधि सभाको संसदमा संशोधन प्रस्ताब दर्ता गर्ने बताउनु भयो । दैलेखमा पंचकोशी क्षेत्रका धुलेश्वर, नाभिस्थान, श्रीस्थान, चरण पादुका, महादेब गुठि बाहेक पोखरा, दुधेमालिका, रनुखाना, बालेश्वर, वाणनगंगा, मथुरामाई, हनुमान, मालिका, श्रीमष्टा र तियाडि लगायतका साना गुठि रहेका छन् । सो गुठिले दैलेख जिल्लाका साबिकका २५ वटा गाबिसमा रहेकोमा खेत तर्फ ३६२०३.६९ रोपनी र पाखो तर्फ ५६३१४.०४ रोपनी गरि जम्मा ९२५१७.७३ रोपनी जग्गा गुठि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com