ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन समृद्धिमा प्रयोग गर्न चाहन्छौँ : मन्त्री बस्नेत


admin
फाल्गुन १७, २०७५ शुक्रबार  ५ : २६ बजे

काठमाडौं,१७ फागुन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन स्रोतलाई राष्ट्रिय समृद्धिमा प्रयोग गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । 

आजदेखि यहाँ शुरु भएको ‘आठौँ नेपाल हब्र्स एक्स्पो–२०१९’ को उद्घाटन कार्यक्रममा उहाँले वन क्षेत्रको पूर्ण क्षमतामा बहुउपयोग गर्न मन्त्रालयले आवश्यक कानून र नीतिलाई समयसापेक्ष परिमार्जन गर्न लागेको जानकारी गराउनुभयो । 

मन्त्रालयले मुलुकभर जडीबुटी प्रजातिको पहिचान गरी जडीबुटी व्यवसायलाई प्रोत्साहन गर्न नीतिगत र संरचनागत काम गरिरहेको मन्त्री बस्नेतको भनाइ थियो । 

नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको आयोजनामा गुणस्तरीय जडीबुटीको दिगोरूपमा अन्तर्राष्ट्रिय बजारमा प्रोत्साहन गर्ने उद्देश्यले शुरु भएको जडीबुटी मेला आइतबारसम्म चल्नेछ । काठमाडौँस्थित ठमेलको छायाँ सेन्टरमा आयोजित मेलामा जडीबुटीको जानकारी दिने ५० वटा कक्ष राखिएको छ । 

कार्यक्रममा सङ्घका अध्यक्ष गोविन्द घिमिरेले मेलामा नेपालमा उत्पादन हुने स्वदेशी कच्चा पदार्थ जडीबुटी र त्यसबाट निर्मित वस्तुको प्रदर्शनी राखिएको जानकारी गराउनुभयो । साथै उहाँले जडीबुटी व्यवसायमा भोग्नुपरेको चुनौतीका बारेमा जानकारी गराउँदै समाधानका लागि मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो । 

‘गुणस्तरीय जडीबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने मूल नारासहित आयोजित मेलामा सम्बन्धित विभिन्न विषयमा गोष्ठी तथा अन्तक्र्रियासमेत गरिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आश्वासन धेरै, उपलब्धि न्यून—सरकारको समीक्षा कडा

मनोहराको पीडाः डोजरको हुंकारसँगै सुकुम्बासीको आश्रित सपना धरापमा (फोटो फिचर)

सम्बन्धित

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com