ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ?


admin

काठमाडौं,१६ फागुन ।  काठमाडौँ उपत्यकामा सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ? खचाखच ठेलामठेल हुने गरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन हौस्याउने चालक, बसभित्र असरल्ल सुन्तला, बदामका बोक्रा, पानीका बोतल र धुलो । यात्रुले भोग्ने प्राय समस्या यिनै हुन् । 

तर आज काठमाडौ भक्तपुर रुटमा गाडी चलाउने एउटा यस्ता चालक भेटिए जो चालक नभइ सरसफाइ अभियानकर्मी हुन् कि भन्ने जोकोहीलाई लाग्नसक्छ । काठमाडौँ बागबजार बसपार्कबाट गाडी छुट्न लाग्दा आफ्नो सिटबाटै सानो माइकमा उद्घोष गर्छन्, “यहाँहरुलाई स्वागत छ । सूचना÷प्लेकार्डको सन्देश पढ्नुहोला । गाडीमा पानी, चाउचाउको पनि व्यवस्था छ । पैसा तिरेर किन्न सक्नुहुन्छ । तर फोहोर ढोका नजिकैका डस्टबिनमा राख्नुहोला । धन्यवाद” 

यति भन्दै गर्दा यात्रु भित्र पसेपछि गाडीको ढोका आफै बन्द हुन्छ । बसमा सहचालक छैन । हँसिलो मुहार सहितको उनको यो स्वागत तथा जानकारी सुन्दा लाग्छ यो यात्रुलाई विशेष सुविधा सहितको डिलक्स बस हो र कतै कुनै पर्यटकीय क्षेत्रमा घुम्न लाँदैछ । तर तेसो होइन । यो त सामान्य मिनिबस हो –बा ४ ख २७२४ नम्बरको, जुन काठमाडौ बागबजारबाट नयाँबाटो भक्तपुर, क्यान्सर हस्पिटलहुदै ब्यासी रुटमा चल्दै आएको छ । 

यी बस चालक भक्तपुरका गंगाराम खाइजु हुन् । दुई दशक अनुभवपछि उनले यो नयाँ प्रयोग गरेका हुन् । सन्देशमूलक प्लेकार्डले भरिभराउ उनको यो बसमा खानेपानी र चाउचाउ पनि उपलब्ध छ । खान मनलाग्ने जो कोहि यात्रुले किनेर खान सक्छन् । तर प्लास्टिकका बोतल, चाउचाउको खोल भने बसभित्र फ्याँक्न मनाही छ । 

उनको बसको अघिल्तिर भित्ताको प्लेकार्डमा लेखिएको छ – ‘फलफूल, कुरकुरे, लेज, बदाम तथा अन्य खाद्यवस्तुबाट बोक्रा, प्लाष्टिकजस्ता फोहोर वस्तु डष्टविनमा हाली आफूलाई सभ्य नागरिकको पहिचान दिऊ ।’ ‘पानी प्रति बोतल रु २० तथा चाउचाउ प्रति प्याकेट रु २० मा उपलब्ध छ ।’ यो बसमा चाउचाउको खोल, बदामको बोक्रा, प्रयोग गरेको पानीको बोतल राख्न चालक खाइजुले ढोकाको छेउमा डस्टबिन पनि राखेका छन् । 

तपाईँकोमा सहचालक छैन नि भन्ने प्रश्नमा उनले भने– गाडीको ढोका अटोमेटिक खुल्छ, बन्द हुन्छ । नौ महिना भयो मैले सहचालक राख्न छोडेको । सहचालक राख्दा यात्रु ढोकामा झुण्डिने, ढोकानिर बढी भिड हुने र दुर्घटना पनि हुनसक्ने भएकोले मैले स्वचालित ढोका प्रयोगमा ल्याएँ । 

यो बसका अरु सन्देशमूलक प्लेकार्डहरु यस्ता छन् –‘गाडीबाट निस्कने फोहोर धुलोलाई जथाभावी नफालौँ, प्रत्येक गाडीमा डस्टबिनको प्रयोग गरौँ, व्यवसायी चालक सहचालकज्यूहरुलाई अनुरोध गर्दछु । धन्यवाद’ । ‘गाडी भाडा आफू चढेको ठाउँ भनेर चालकलाई दिनुहोला ।’ रु एक हजार तथा रु ५०० को रकम भए खुद्राको लागि पहिले नै चालकलाई भन्नुहोला ।’ 

उनको यो जानकारी तथा सन्देशले यात्रुलाई रमाइलो नलाग्ने कुरै भएन । बसका यात्रु सुजन सुवेदी भन्छन्– “म यो बसमा दोश्रो पटक यात्रा गर्दैछु । म यी प्लेकार्डमा लेखिएका सन्देशबाट निक्कै प्रभावित भएँ ।” त्यसैगरी अर्की यात्रु निशा मगर भन्छिन्, “मलाई यी सन्देश पढ्दा निक्कै रमाइलो लाग्यो ।

वास्तवमा सबै वसमा यस्तै हुनु पर्ने हो । यसबाट हामी यात्रु पनि सुध्रनु पर्छ जस्तो लाग्छ ।” चालक खाइजू आफू काठमाडौ उपत्यकाको फोहोर देखेर दिक्क लागेको बताउछन् । उनी थप्छन्, “यदि हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट सरसफाइका लागि सानो प्रयास गरे पनि राम्रो हुन्छ जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com