ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोजपुरमा प्राविधिकद्वारा कामकाज ठप्प


admin


भोजपुर, १६ फागुन । स्थानीय तहमा पुनःनिर्माणसम्बन्धी काम गरिरहेका इञ्जिनीयर तथा प्राविधिकले कामकाज ठप्प पारेका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, प्राविधिक हकहित संरक्षण तदर्थ समितिले आठ महीनादेखि भत्ता नपाएको भन्दै बुधबारदेखि कामकाज ठप्प पारेको हो । समितिले चारबुँदे मागसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला योजना कार्यान्वयन एकाइमा ज्ञापनपत्र बुझाएको छ ।

जिल्लाका नौवटै स्थानीय तहमा कार्यरत इञ्जिनीयर तथा प्राविधिकले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् । खाइपाइ आएको भौगोलिक प्रोत्साहन भत्ता तत्काल निर्णय गरी मासिकरुपमा उपलब्ध गराउनुपर्ने, प्राविधिकको स्वास्थ्य बीमा तत्काल लागू गर्नुपर्ने, स्थानीय तहमा रहेका प्राविधिकको स्थायित्व र दुर्घटना बीमा तत्काल लागू गर्नुपर्ने र प्राविधिकलाई गाउँमा सहजरुपमा बस्ने व्यवस्था तथा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने अध्यक्ष वसन्तकुमार चौधरी र सचिव दीपककुमार शाहद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ । 

तीन स्वास्थ्य केन्द्र अस्पताल बन्ने 

तीन प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २१३ स्वास्थ्य संस्थालाई १५ श्ययाको अस्पताल बनाउने निर्णय गरेसँगै तीन स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो । 

षडानन्द नगरपालिकाको मूलपानी प्राथमिक स्वास्थ्य केन्द्र, अरुण गाउँपालिकाको प्याउली प्राथमिक स्वास्थ्य केन्द्र र हतुवागढी गाउँपालिकाको घोडेटार प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा विकास देवकोटाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र सबै स्थानीय तहमा न्यूनतम १५ श्ययाको अस्पताल निर्माण गर्ने कार्यक्रमअनुसार स्तरोन्तति गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । महाशाखाका अनुसार पाँच वषभित्र करीब ६४० स्थानीय तहमा १५ श्ययाका अस्पताल निर्माण गर्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

सम्बन्धित

युक्रेन र रुसबीच टर्कीमा वार्ता सम्पन्न, युद्धबन्दी रिहा गर्ने सहमति

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

जलवायु संकट न्यूनीकरणमा योगदान दिन प्रतिबद्ध छौँ- भारतीय वनमन्त्री

भारतका वनमन्त्रीले भेटे प्रधानमन्त्री ओली

प्रचण्ड-देउवा टेलिफोन वार्तालगत्तै बूढानीलकण्ठ पुगे जनार्दन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com