ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य शिविरमा महिलाका समस्या बाहिर आउन थाले


admin


बेझाड, १३ फागुन ।  गाउँ गाउँमा आयोजना हुने स्वास्थ्य शिविरले महिलाका समस्या बाहिर ल्याउन ठूलो सहयोग मिलेको छ । महिला सकेसम्म स्वास्थ्य संस्थामा पुगेर आफ्ना समस्या बताउन हिचकिचाउने गर्छन् ।

यसले गर्दा पनि उनीहरु भित्रभित्रै रोगसँग लडेर बाँचिरहेका हुन्छन् । भित्रभित्रै रोगले पीडित बन्छन् तर सम्बन्धित ठाउँमा समस्या लिएर जाने गर्दैनन् । 

यस्ता महिलाका लागि गाउँ गाउँमा बेलाबेलामा आयोजना हुने स्वास्थ्य शिविरमा समस्या लिएर पुग्ने गरेको पाइएको छ । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा सञ्चालन भएको एकदिने महिला प्रजनन स्वास्थ्य जाँच शिविरमा गाउँका महिलाले आफ्ना समस्या लिएर पुगेको पाइयो । 

स्वास्थ्य संस्थाको हातामा पुगेर आफ्ना समस्या स्वास्थ्यकर्मीसँग बताउन लाज मान्ने, डराउने महिला यहाँ आयोजना भएको शिविरमा भने मज्जाले समस्याबारे जानकारी गराएका छन् ।

शिविरमा सेवा लिएका १६५ महिलामध्ये ६२ महिलामा सेतो पानी बग्ने, तीन जनामा रिङ प्रेसर देखिएको र दुईलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पठाइएको छ । 

शिविरमा २५ महिलामा अनियमित महीनावारी हुने, ५० मा बाथसम्बन्धी समस्या, १५ जनामा लुतो, पाँच जनामा आङ खस्ने समस्या देखिएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा संयोजक महेश आचार्यले बताउनुभयो । साथै शिविरका अवसरमा सात महिलाले परिवार नियोजनका साधन इम्प्लान्ट तथा आयुसिडी सेवा लिएका छन् । 

गाउँपालिकाको आर्थिक सहयोग, लुम्बिनी मेडिकल कलेज प्रभाष, जिल्ला स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन सङ्घ पाल्पाको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।

महिलाको आङ खस्ने समस्या, अनियमित महीनावारी हुने जस्ता समस्यालाई समयमा नै पहिचान गरी रोग निराकरण गर्न शिविरले महत्वपूर्ण सहयोग पुगेको स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत कल्पना पौडेलले बताउनुभयो । 

“स्वास्थ्य चौकीमा जान हिचकिचाएर रोग लुकाएर बसेका महिला यसरी गाउँ गाउँमा आयोजना हुने शिविरमा आएर आफ्ना समस्या बताउन सक्नेभएका छन्”, उहाँले भन्नुभयो ।

गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिन थालेपछि ग्रामीण भेगमा बसोबास गर्ने, स्वास्थ्य सेवाको पहुँचदेखि टाढा रहेका नागरिकलाई ठूलो सहयोग पुगेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालय, लुम्बिनी मेडिकल कलेज प्रभाष, जिल्ला अस्पताल, नेपाल परिवार नियोजन सङ्घ पाल्पा, ताहुँ प्राथमिक स्वास्थ्यचौकी र स्थानीय स्वास्थ्य एकाइमा कार्यरत १७ स्वास्थ्यकर्मीसहितको टोलीले शिविरमा सेवा दिएको हो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सम्बन्धित

पानीजहाज विधेयकमा छलफल गर्दै संसदीय समिति, ‘तोकिए बमोजिम’ शब्दले हैरान

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट

एमआरपी लागू गर्न सहज नभएको व्यापारीहरुको भनाइ

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

मणिपुरमा मुठभेड हुँदा १० उग्रवादी मारिएको भारतीय सेनाको दाबी

आज रुस र युक्रेनबीच टर्कीमा वार्ता हुने तर पुटिन सहभागी नहुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com