ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ को राजधानी प्यूठान बनाउन माग


admin
फाल्गुन १२, २०७५ आईतबार  ७ : ५५ बजे


प्यूठान, १२ फागुन ।  जिल्लाका सरोकारवालाले प्रदेश ५ को राजधानी बुुटवल वा दाङ हुन नहुने सुझाव दिएका छन् । प्रदेश नामकरण र स्थायी राजधानीसम्बन्धी सुझाव सङ्कलन एवं अन्तरक्रियामा आज सरोकारवालाले प्रदेश राजधानी बुटवल वा दाङ हुन नसक्ने बताएका छन् ।

यस प्रदेशका १२ जिल्लामध्ये प्यूठान सबैभन्दा पायक पर्ने ठाउँ भएकाले प्यूठानलाई पनि समेटी राजधानी बनाउन माग गरिएको हो । स्थायी राजधानी बुटवल, तुल्सीपुर र घोराही राजधानी बन्ने चर्चा चलिरहेका बेला प्यूठानवासीले यी तीन वटै ठाउँलाई अस्वीकार गरेका हुन् ।

प्रस्तावित ठाउँ विकसित भइसकेकाले नयाँ ठाउँलाई प्रदेश राजधानी बनाएर उक्त ठाउँको विकास गर्न प्रदेश सरकारले नयाँ रणनीति बनाउन जरुरी रहेको सरोकारवालाको माग थियो । 

भारत र चीनको नजीक भएका क्षेत्रमा राजधानी बनाउन नहुने यहाँका बासिन्दाको तर्क छ । प्रदेशसभा विशेष समितिले आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रमका सहभागीले नयाँ ठाउँमा राजधानी बनाउन सुझाव दिएका हुन् ।

सहभागीले प्रदेशको स्थायी राजधानी बनाउँदा प्यूठानको सरुमारानी गाउँपालिकासँगै दाङको राप्ती र गडवा गाउँपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाका क्षेत्रलाई समेटी राजधानी बनाउनसमेत सुझाव दिएका हुन् । 

राजधानी नामकरणमा समेत सुझाव दिँदै प्यूठानको प्रमुख पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी जोडेर नामकरण गर्न जिल्लावासीले आग्रह गरेका छन् । सो कार्यक्रममा प्रदेशसभा सदस्य, जिल्लाका नौ वटै स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, राजनीतिक दल, गैरसरकारी संस्थाका प्रतिनिधिलगायत नागरिक समाजको उपस्थितिमा सुझाव सङ्कलन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com