ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशबाट पुनः श्रम स्वीकृति पाएपछि युवा खुशी


admin


टीकापुर, १२ फागुन ।  देशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि वैदेशिक रोजगारीमा जाने युवालाई सजिलो भएको छ । 

गत माघ ११ गते स्थापना भएको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको श्रम डेस्कबाट एक महीनाको अवधिमा २५२ जनाले सेवा लिइसकेका छन् । प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि विदेश जानेहरु पनि खुशी भएका छन् ।

पहिले काठमाडौँसम्म पुगेर श्रम स्वीकृति लिन लाम लाग्नुपर्ने र तीन चार दिन होटलमा बस्नुपर्ने हुन्थ्यो, त्यसरी पनि नसकेपछि पैसा दिएर काम गराउनुपथ्र्यो । 

पुनःबास नगरपालिका–६ कञ्चनपुरका इन्द्रबहादुर थापा भन्नुहुन्छ, “बिहान घरमै खाना खाएर आएर सजिलै काम गर्न पाइएको छ खुशी लाग्यो ।” युनाइटेड अरब इमिरेट्सको दुबई जान पुनःश्रम स्वीकृति लिन धनगढी आइपुग्नुभएका बाजुराको बुढीनन्दा नगरपालिका–२ कोल्टीका अंगराज जोशी पनि नजिकैबाट सेवा लिन पाएकोमा खुशी हुनुहुन्छ । 

“काठमाडौँ जाँदा यातायात तथा खाना खर्चका साथै समय पनि धेरै नै लाग्थ्यो”, उहाँ भन्नुहुन्छ, “अहिले पनि काठमाडौँमा टोकन सिस्टम छ धेरै समय लाग्छ, सुदूरपश्चिममा कार्यालय आएपछि सजिलो र सस्तो पनि भयो ।” अछामस्थित रामारोशन गाउँपालिका–१ मलातीकोटका कपिल शाह काठमाडौँको सेवा धनगढीमै पाउदाको फाइदा तुलना गर्नै नसकिने बताउनुहुन्छ । 

वैदेशिक रोजगारका सरोकारवालाहरु भने वैदेशिक रोजगारसम्बन्धी अन्य सेवाहरु पनि प्रदेश तहमा विकेन्द्रित हुनुपर्नेमा जोड दिन्छन् । “प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था स्वागतयोग्य छ ।

नयाँ स्विकृति लिन काठमाडौँ जाँदा दलालको चपेटामा पर्नुपर्ने अवस्था अझै छ”, आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष नारायणबहादुर विक भन्नुहुन्छ, “विभागले दिइरहेको न्यायिक सेवा र प्रवद्र्धन बोर्डले दिने सेवा प्रदेशस्तरमै श्रम तथा रोजगार कार्यालयबाट पाउने गरी विकेन्द्रित भैदिए अझै सहज हुने थियो ।” 

प्रदेशमा श्रमसम्बन्धी सेवा दिने श्रम तथा रोजगार कार्यालयमा भने कर्मचारी अभाव छ । चौध जनाको दरबन्दी भएको कार्यालयमा पाँच कर्मचारी र तीन सहयोगी गरी आठ जना मात्रै कार्यरत छन् । 

एक भाषा अनुवादक र एक कम्प्युटर अपरेटर करारमा आएपनि अझै तीन जनाको अभाव छ । “कार्यालयका मुख्य पद खाली छन् । अहिले कार्यालय प्रमुख उपसचिव, अधिकृत र एकजना नायब सुब्बाको पद रिक्त छ”, निमित्त प्रमुख जयदेव विष्टले भन्नुभयो, “श्रम स्वीकृति प्रक्रियाका लागि चार जना अनिवार्य चाहिन्छ, एक जना बिरामी भए वा बिदामा गए कामै रोकिने अवस्था छ, भएका सबै कर्मचारी पुनःश्रम स्वीकृतिमा लाग्दा श्रम प्रतिष्ठानको अनुगमन र सामाजिक सुरक्षा कोषको कार्यक्रम ठप्प हुन्छ । निमित्त प्रमुख विष्ट अहिलेसम्म आएका सेवाग्राहीहरु ७०० किलोमि

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com