ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाइ प्रहरी फन्दामा


admin


साँखु, १२ फागुन । महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाईलाइ पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका ३२ वर्षीय सुजन मगर र २७ वर्षीय सुरेश मगरलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ । 

गोप्य सूचनाको अधारमा प्रहरीले लागुऔषध कारोवारी भन्ने थाहा पाएपछि मगरको कोठामा छापा मारेको थियो । अभियुक्तहरुको कोठमा खानतलासी गर्ने क्रममा प्रहरीले कोठाबाट १६ थान फेनरागन, ११ थान नर्फिन र १४ थान डाइजेल्याप गरी जम्मा ४१ थान लागुऔषध बरामद गरेको थियो । 

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार लागुऔषध कारोवारी रहेको जानकारी आएपछि निजको कोठामा छापा मार्दा प्रहरीले विभिन्न सरकारी कार्यालयका छापसहित लागुऔषध बरामद गरेको हो । 

मगरको कोठाबाट प्रहरीले विभिन्न किसिमका लागुऔषध सहित १८ थान मोबाइल, क्यामेरा एकथान, ल्यापटप एकथान र विभिन्न कार्यालय तथा सङ्घसंस्थाको १८९ वटा नक्कली छापहरु बरामद गरेको चन्दले जानकारी दिनुभयो । 

दाई सुजन मगरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएपछि निजले आफ्नो भाइको काठमाडौँ चुच्चेपाटीस्थित “टावी इन्टरनेशनल कन्सल्टेन्सी” भएको र छापहरु उक्त कन्सल्टेन्सीको रहेको बताएका थिए । उक्त जानकारी पछि बौद्ध प्रहरीले तत्काल उक्त कन्सल्टेन्सीमा छापा मार्दा विभिन्न सरकारी कार्यालयका लेटरप्याड, विभिन्न प्रदेश, गाउँपालिका, नगरपालिका तथा वडाले प्रमाणित गरेका नक्कली कागजातहरु फेला पारेको थियो । 

कन्सल्टेन्सीमा छापा मार्दा भेटिएका विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थाको नक्कली कागजात तथा छापहरु बौद्ध प्रहरीले बरामद गरेको छ । प्रहरीले दाजुभाइलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरेको छ भने थप अनुसन्धानपछि सरकारी कागजात तथा छाप किर्ते गरेको अभियोगमा पनि मुद्दा चलाउने तयारी भएको जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com