ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधेयकले विकास र संरचनाका लागि आधार स्तम्भ हुन्छ : मन्त्री कार्की


admin


विराटनगर, २८ माघ ।   प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश विद्युत् सम्बन्धमा बन्ने विधेयकले विकास र संरचनाका लागि आधार स्तम्भ हुने बताउनुभएको छ । 

‘प्रदेश विद्युत् सम्बन्धमा व्यववस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्तावमा प्रदेशसभाका १० जना सांसदले सैद्धान्तिक छलफलमा उठाएका विषयमा जवाफ दिने क्रममा मन्त्रीले विधेयकमाथि भएको छलफलले विद्युत्सम्बन्धी बन्ने कानूनलाई व्यवस्थित गर्न मद्दत पुगेको चर्चा गर्नुभयो ।

मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गर्नुभएको थियो । 

शून्य समय 

प्रदेशसभाको आजको बैठकमा शून्य समयमा प्रदेश सभासदस्य रामचन्द्र लिम्बूले सबै क्षेत्रबाट परिपूर्ण, स्वच्छ र सुन्दर वातावरण भएको धनकुटालाई प्रदेशको राजधानी बनाउनुपर्ने बताउनुभयो । सदस्य विमल कार्कीले जङ्गली जनावरको चपेटामा ज्यान गुमाउने सबैलाई एकै किसिमको राहत उपलब्ध गराउनुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । 

‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ प्रस्ताव सदनमा प्रस्तुत गरियो । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम सो प्रस्ताव आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले पेश गर्नुभएको हो । 

मन्त्री कार्कीले मुख्यमन्त्री तथा भौत्तिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट बनेको यो विधेयक प्रदेशमा बन्ने सरकारी भवनलाई प्राकृतिक प्रकोपबाट क्षति हुन नदिन भवन मापदण्ड बनाइएको बताउनुभयो । प्रदेशसभाको अर्को बैठक यही माघ २९ गते दिउँसो १२ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वत:निलम्बित भए बस्नेत

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित

नेपालको ब्यूरोक्रेसीलाई हामीले नै लोभी बनाएका छौँ – शंकर पोखरेल

प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्नेमा जोड

१४ महिनापछि देउवाजीलाई ‘लौ प्रधानमन्त्री’ भन्दै किस्तीमा राखेर पद हस्तान्तरण गर्छु – प्रधानमन्त्री ओली

कांग्रेस सांसद बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बन हुने प्रतिनिधिसभा सदस्य ३ पुगे, एक फरार

अब दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ – सञ्चारमन्त्री गुरुङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com