ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमका पानी घट्ट लोप हुँदै


admin
माघ २३, २०७५ बुधबार  १२ : १३ बजे


अमरगढी, २३ माघ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले पर्याप्त मात्रामा प्रयोग हुने घट्ट अहिले लोप हुने अवस्थामा रहेका छन् । 

सुदूरका पहाडी क्षेत्रमा स्थानीय खोलाका पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहँु, कोदो, चामल, मकै र फापर लगायतका अन्न पिसानी गर्दथे । तर अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी घट्ट लोप हुन थालेको नवदुर्गा गाउँपालिका–१ का करन कामीले बताउनुभयो । 

सुदूरका पहाडी जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरा लगायतका विभिन्न ठाउँमा हजारौँ सङ्ख्यामा रहेका पानी घट्ट प्रयोगविहीन भएको र ती घट्ट नयाँ प्रविधिसाथ सञ्चालन हुन थालेपछि लोप हुनथालेको स्थानीयवासीको भनाइ छ । 

हाल प्रयोग विहीन रहेका पानी घट्टलाई विभिन्न जिल्लामा गैरसरकारी संस्थाले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल पेलानी र काठ चिरानी समेत गर्नसक्ने घट्ट बनाएर सञ्चालनमा ल्याएसँगै पुराना पानी घट्ट लोप हुने अवस्थामा पुगेको पुराना घट्ट सञ्चालन गर्दै आउनुभएका अमरगढी नगरपालिका–७ का घट्टधनी पदमबहादुर कैनीले बताउनुभयो । 

पहिले पानी घट्टबाट पिसानी गर्दा पिसानी गरेको अन्नको केही भाग घट्ट धनीलाई दिने चलन थियो । तर अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक प्रविधिका पिसानी गर्ने मिल ठाउँठाउँमा बनेपछि पानीघट्ट प्रयोग गर्नेको सङ्ख्या घटेको छ । केहीले आधुनिक घट्टबाटै कुटानी पिसानी गर्ने गरेका छन् । 

मिलमा कुटानी पिसानी गरेवापत प्रतिकिलोको रु दुई देखि चार रुपैयाँसम्म रकम दिनुपर्ने गरेको पाइन्छ । अहिले पुराना घट्टमा पिसानी गर्ने कोही पनि नआउने भएकाले पुराना पानीघट्ट बन्द गर्नुपरेको पानी घट्ट चलाउँदै आउनु भएका गन्यापधुरा गाउँपालिका–५ का कमलबहादुर ओली बताउनु्हुन्छ । 

घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेको तर मिलमा भनेकै समयमा कुटानी र पिसानी हुने भएकाले पानी घट्ट प्रयोग गर्नेको सङ्ख्या घट्दै जाँदा घट्ट बन्द गर्नुपर्ने अवस्थामा पुगेको ओलीको भनाइ छ । तर घट्टबाट पसिानी गरिएका अन्नको पिठो स्वास्थ्यका लागि अति नै लाभदायक मानिने गरेको जानकारहरूको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो एक जना घाइते

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com