ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल टेलिकमले ग¥यो विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था


admin
माघ २२, २०७५ मंगलबार  ३ : ४८ बजे

काठमाडौं,२२ माघ । सरकारी स्वामित्वमा रहेको दूर संचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिक उत्सवको अवसर पारेर विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित १५ औं वार्षिक उत्सव कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले माघ २२ गतेदेखि एक महिनासम्मका लागि लागू हुने गरी एनडी मोवाईल एप डाउनलोड र रजिष्ट्रेशनमा निःशुल्क एक सय एमडी डाटा उपलब्ध गराउने लगायतका प्याकेज तथा छुटको व्यवस्था गरिएको जानकारी गराउनु भएको हो ।

सोही योजना अनुसार कम्पनीले माघ २३ गतेदेखि लागू हुने गरी फागुन ८ गतेसम्म रजिष्टर हुने नयाँ पोष्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जिवी अलटाईम डाटा र सय मिनेटसम्म भ्वाईस बोनस दिने घोषणा पनि गरेको छ ।

प्रबन्ध निर्देशक अधिकारीले पोष्टपेडका ग्राहकलाई नौं सयको रिचार्जको प्याकेजमा प्रतिमहिना ३ दशमलव ३ जिबी डाटा र ५ सयको रिचार्जमा फ्रि रिसोर्स उपलब्ध गराउने पनि जानकारी दिनु भयो । त्यसै गरी टेलिकमले आफ्नो वार्षिक उत्सवको अवसर पारेर टुरिष्ट प्याकेज अन्तरगत ५ सय रुपैयाँमा ५ जिबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाईस कल र सय रुपैयाँको अन्तराष्ट्रिय कल समेत गर्न सकिने छुटको पनि व्यवस्था गरेको छ ।

प्रबन्ध निर्देशक अधिकारीले २०७४ सालको असार मसान्तसम्म टेलिफोनको बक्र्यौता तीर्न बाँकि रहेका ग्राहकहरुले २०७६ असार मसान्तसम्म बुझाएमा जरिवाना छुट गर्ने व्यवस्था पनि वार्षिक कार्यक्रमको अवसरमा गरिएको बताउनु भयो ।
नेपाल टेलिकमले नेत्रहिन नागरिकहरुलाई पनि सिडिएम र जिएमएस सेवामा पनि भारी छुटको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

नेकपा संयोजन समितिको बैठक आज बस्दै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com