ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रसर उद्योग स्थापनामा स्थानीयको विरोध


admin
माघ १८, २०७५ शुक्रबार  १२ : ०९ बजे

भीमदत्तनगर, १८ माघ । वातावरणमा हुने हानी÷प्रभावलाई बेवास्ता गरी गाउँमा क्रसर उद्योग स्थापना हुन लागेपछि कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरका स्थानीयवासी विरोधमा उत्रिएका छन् । 

उद्योग स्थापना गर्नुपर्ने मापदण्ड र प्रक्रियालाई बेवास्ता गरी बस्तीमा क्रसर उद्योग स्थापना गर्न लागिएको भन्दै यहाँका वडाध्यक्षसहित स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।

उद्योग सञ्चालकले क्रसर स्थापनाका लागि आफूहरुलाई विभिन्न बहाना तथा प्रलोभनमा पारेर कागजमा हस्ताक्षर सङ्कलन गरेको स्थानीयवासीको आरोप छ । 

गाउँमा गाईपालन, कृषि औजार उपकरण खरीदका लागि उद्योग सञ्चालन हुने क्षेत्रका स्थानीयवासीको हस्ताक्षर (मञ्जुरी) लिइएको स्थानीय कमला अवस्थीले बताउनुभयो । “विभिन्न बहानामा घरमा रहेका वृद्धवद्धाको हस्ताक्षर सङ्कलन गरेर सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योग सञ्चालकले जालसाजी गरे ।” उहाँले भन्नुभयो । 

जनप्रतिनिधि नभएको अवस्थामा उद्योग सञ्चालकले अदालतमा नक्कली प्रमाण पेश गरेको नगरपालिका–९ का वडाध्यक्ष रामसिंह धामीले बताउनुभयो । त्यसैगरी नगरपालिका प्रमुख अशोककुमार चन्दले स्थानीय तहमा आफ्नो कानून निर्माण नभइसकेको बताउँदै सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार काम कारवाही गर्नुपर्ने र मन्त्रालयबाट नगरपालिकालाई कुनै प्रकारको आदेश नआएको बताउनुभयो । 

आठ सय ५० घरधुरी रहेको सुन्दरपुरका स्थानीयवासी बस्तीमा क्रसर सञ्चालनमा आए खेतीयोग्य जमीनमा असर पर्नुका साथै विभिन्न समस्या आउने चिन्तामा छन् । स्थानीय चित्रा पन्तले क्रसर सञ्चालकले आफूलाई झुक्याएर हस्ताक्षर गर्न लगाएको बताउनुभयो । 

“घरमा भएका वृद्ध ससुरालाई धान चुट्ने थ्रेसर खरीद गर्ने भन्दै हस्ताक्षर गर्न लगाए ।” पन्तले भन्नुभयो, “गाउँमा धेरैलाई रोजगारीको समेत प्रलोभन दिइएको छ ।”

कानूनअनुसार वातावरणलाई प्रतिकूल असर पार्ने क्रसर उद्योग स्थापना गर्दा वातावरण प्रभाव मूल्याङ्कन मापदण्डअनुसार खोला किनार र राजमार्गभन्दा ५०० मिटरको दूरी, घनाबस्ती, धार्र्मिक पुरातात्विक महत्वको स्थान, शिक्षण संस्था, सुरक्षा निकायलगायतका स्थानबाट दुई किलोमिटरको दूरी हुनुपर्ने व्यवस्था छ । 

उक्त क्रसर स्थापनामा कुनै पनि मापदण्ड पूरा नगरिएकाले स्थानीयवासी बढी आक्रोशित भएका हुन् । २०७३ सालमा स्थापना हुन लागेको क्रसर उद्योगप्रति असहमति जनाउँदै नगरपालिकाका केही स्थानीयवासीले सर्वोच्च अदालतमा रिट दायरसमेत गरेका थिए । 

अदालतले २०७५ जेठमा आवश्यक स्थानीय नीति, कानून मापदण्ड तयार गरी प्रभावकारीरूपमा योजना कार्यान्वयन, नियमन तथा अनुगमन गर्न गराउन भनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई निर्देशन दिने आदेश जारी गरेको थियो । उता उद्योग सञ्चालक पक्षले भने प्रक्रिया पूरा गरी उद्योग सञ्चालन गर्न लागेको दाबी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो एक जना घाइते

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com