ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किए


admin

काठमाडौं,६ माघ । थाइल्याण्ड टि–२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्केको छ ।

समूह चरणमा अपराजित र सेमिफाइनलमा इण्डोनेशियालाई हराएको नेपाली क्रिकेट टोली फाइनल खेलमा आयोजक थाइल्याण्डसँग पराजित भएको थियो ।

थाइल्याण्डमा शनिबार सम्पन्न फाइनल खेलमा थाइल्याण्डसँग ७० रनले पराजित भएपछि उपाधि विमुख बनेको नेपाल दोस्रो स्थानमा रह्यो ।

शुक्रबार भएको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियालाई ९२ रनले हराएको थियो ।

त्यस्तै नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको तथा दोस्रो खेलमा मलेशियालाई छ विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई छ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले पराजित गरेको थियो ।

अन्तर्राष्ट्रिय सहभागिताको १२ वर्षमा दोस्रो पटक उपाधि नजीक पुगेको नेपालको उपाधि जित्ने सपना यस पटक पनि पूरा हुन सकेन ।

यसअघि सन् २००७ मा पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता एसिसी वुमेन्स च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् एजेन्डा ?

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

सम्बन्धित

आईपीएल: दिल्ली क्यापिटल्स टोलीमा ठूलो परिवर्तन

१९ वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दै

आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने, २० गते फाइनल

महिला टी–२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाता चेन्नईसँग पराजित

आईपीएल क्रिकेटमा दिल्ली र हैदरबादको खेल वर्षाका कारण रद्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com