काठमाडौं,५ माघ । काठमाडौंको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषको भवनमा आगोलागी भएको छ ।
शनिबार दिउँसो कोषको मुख्य कार्यालयसगै रहेको ‘डी ब्लक’को पहिलो तलामा आगोलागी भएको हो । आगोलागीबाट कार्यालयमा रहेका फर्निचर, कम्प्युटर र कागजपत्र जलेको प्रहरीले जनाएको छ ।
आगोलागी नियन्त्रणका लागि दुईओटा दमकल प्रयोग गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भइ आगोलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको यकिन विवरण भने आइसकेको छैन
प्रतिक्रिया दिनुहोस्