ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जहाँ सरकार, त्यहाँ बैंक पुग्नुपर्छ : मुख्यमन्त्री गुरुङ


admin

कास्की, ४ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक तथा वित्तीय संस्थालाई कृषि, पर्यटन, ऊर्जालगायत उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले आज आयोजना गरेको समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि सम्बन्धमा सरोकारवालासँगको अन्तरर्किया कार्यक्रममा उहाँले उत्पादनको क्षेत्रमा लगानी गर्दा रोजगारी सृजना भई गरीबी निवारण हुने हुँदा त्यसतर्फ ध्यान दिन सबैमा आग्रह गर्नुभयो ।

मुख्यमन्त्री गुरुङले रियल स्टेट (घरजग्गा)मा लगानी गर्दा एक–दुई जना व्यक्तिले मात्र फाइदा लिने र धनी बन्ने भएकाले मुलुकको विकास र समृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने उल्लेख गर्दै व्यवसाय बढाउन, उत्पादनमा लगानी गर्न र कृषि क्षेत्रको आधुनिकीकरणको कार्यमा उद्योगी, व्यवसायी तथा कृषकले ऋण प्राप्त गर्ने कार्यलाई सरलीकृत गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गर्नुभयो ।

“गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये अझै तीन वटामा बैंक पुग्न सकेको छैन”, उहाँले भन्नुभयो, “मनाङको नार्फु तथा गोरखाको गण्डकी र धार्चे गाउँपालिकामा अझै पनि बैंक पुग्न सकेको छैन, बाटो, इन्टरनेटलगायत पूर्वाधार नभए सरकारलाई भन्नुहोला तर जहाँ सरकार, त्यहाँ बैंक पुग्नुपर्दछ ।”

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले रोजगार तथा स्वरोजगार सृजनाका लागि सरकारले काम गरिरहेकाले बैँक, वित्तीय संस्था तथा निजी क्षेत्रलाई यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।

उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले निजी क्षेत्रबाट बन्ने पर्यटन पूर्वाधारका लागि बैंकहरुले सस्तो ब्याजदरमा सरलीकृत रुपमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख बमबहादुर मिश्रले चालू आर्थिक वर्षको चार महीनाको तथ्याङ्कमा आधारित देशको वर्तमान मुद्रास्फीति, वैदेशिक व्यापार, चालू खाता एवम् शोधनान्तर स्थिति, सरकारी खर्च तथा राजश्व, सरकारको नगद मौज्दातलगायत आर्थिक तथा वित्तीय स्थितिबारे प्रकाश पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

काठमाडौं, २२ साउन । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस

कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन मिल्दैन : प्रदीप ज्ञवाली

काठमाडौँ, २२ साउन । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसदलाई बिजनेस दिन नमिल्ने बताएका छन् । उनले नियमित सरकारले जस्तो

ठाकुर र यादवसँग सिके राउतको भेट

काठमाडौं, २२ साउन। सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ

सम्बन्धित

न्यायधिवक्ता अधिकारीमाथि उजुरी

विप्लवका ‘बहुमत विद्रोही’र मोहन वैद्यको क्रान्तिकारी माओवादीबीच एकता

कुकुर मारेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ

लैनचौरबाट चिनियाँ नागरिकको अपहरण, डेढ करोड फिरौती माग

अमेरिकी सरकारी पाठ्यक्रममा डा. विष्णुमाया परियार

भारतको अनुदानमा निर्मित विद्यालय भवनको उद्घाटन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...