ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूचना आयोगले ग¥यो चार हजार सातसय आदेश जारी


admin

काठमाडौं,४ माघ । राष्ट्रिय सूचना आयोगले विगत चार वर्षमा चार हजार ७६४ आदेश जारी गरेको छ ।

प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा र आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाको इजलाशले २०७१ पुस ३० गतेदेखि २०७५ पुस मसान्तसम्म विभिन्न किसिमका चार हजार ७६४ वटा आदेश जारी गर्नुभएको आयोगले जनाएको छ ।

आयोगका अनुसार सरकारका सबै मन्त्रालय, केन्द्रीयस्तरका निकायका सचिव-विशिष्ट श्रेणीका पदाधिकारी तथा निर्वाचन आयोगमा दर्ता भएका १८० वटा राजनीतिक दल, नेपाल राष्ट्र बैंक, २३७ वटा बैंक तथा वित्तीय संस्था, २७ वटा बीमा कम्पनी, ६२ सार्वजनिक संस्थानका महाप्रबन्धक, समाज कल्याण परिषद् र २५७ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुखको नाममा आदेश जारी गरेको हो ।

त्यसैगरी सातवटै प्रदेश, ७७ जिल्लाका ७५३ स्थानीय तह, २२ वटा केन्द्रीयस्तरका तालीम केन्द्रका नाममा समेत महत्वपूर्ण तीनबुँदे आदेश जारी गरेको आयोगका आयुक्त किरणकुमार पोखरेलले जानकारी दिनुभयो ।

“विभिन्न विषयमा माग भएका सूचना मागकर्तालाई उपलब्ध गराउन र सूचना नदिने सूचना अधिकारीविरुद्ध कारवाहीको सिफारिशसहित आदेश गरेका छौँ”, उहाँले भन्नुभयो ।

आव २०७१-०७२ मा आयोगमा परेका ७७७ उजुरीमध्ये ७६५ मा आदेश जारी भएको र १२ वटा उजुरीबारे निर्णय गर्न नसकिएको आयोगले जनाएको छ । त्यसैगरी आव २०७२-०७३ मा ६७८ उजुरीमध्ये ६७४ फछ्र्योट गरेको र चारवटामा मात्र निर्णयमा पुग्न नसकेको आयोगले जनाएको छ ।

यसैगरी आव ०७३-०७४ मा ४९७ मध्ये ४९४ उजुरी फछ्र्योट भएको तथा आव २०७४-०७५ मा परेको एक हजार १७६ उजुरीमध्ये एक हजार १७५ वटा उजुरी फछ्र्योट गर्न आयोग सफल भएको जनाएको छ ।

पाँचवर्षे रणनीति तर्जुमा एवं कार्यान्वयन 

आयोगका अनुसार सूचनाको हकको संरक्षण, सम्वद्र्धन र कार्यान्वयन गर्न पाँच वर्षे (सन् २०१५–०२०) रणनीतिक कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ । माग पक्षको सशक्तीकरण, आपूर्ति पक्षको सवलीकरण र आयोगको अभिवृद्धि गर्ने गरी रणनीतिक कार्ययोजनाअन्तर्गत तीन खम्बे रणनीति अवलम्बन गरेको आयोगका अर्का आयुक्त यशोदा तिम्सिनाले जानकारी दिनुभयो ।

रणनीतिमा सूचनाको हकको दृष्टिकोण र लक्ष्य पहिचान गर्नुका साथै तीनवटा सम्भावना रहेकाको कार्यक्रम र सो सम्पन्न गर्ने कार्यावधि र बजेटसमेतको अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो ।

साथै रणनीतिको नतिजाको अपेक्षित परिणामसमेतको आँकलन गरिनुका साथै योजनाको तीन वर्षे कार्यक्रमको कार्यान्वयन सम्पन्न भई अपेक्षित नतिजा हासिल भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

काठमाडौं, २२ साउन । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस

कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन मिल्दैन : प्रदीप ज्ञवाली

काठमाडौँ, २२ साउन । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसदलाई बिजनेस दिन नमिल्ने बताएका छन् । उनले नियमित सरकारले जस्तो

ठाकुर र यादवसँग सिके राउतको भेट

काठमाडौं, २२ साउन। सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ

सम्बन्धित

न्यायधिवक्ता अधिकारीमाथि उजुरी

विप्लवका ‘बहुमत विद्रोही’र मोहन वैद्यको क्रान्तिकारी माओवादीबीच एकता

कुकुर मारेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ

लैनचौरबाट चिनियाँ नागरिकको अपहरण, डेढ करोड फिरौती माग

अमेरिकी सरकारी पाठ्यक्रममा डा. विष्णुमाया परियार

भारतको अनुदानमा निर्मित विद्यालय भवनको उद्घाटन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...