ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास निर्माणको पथमा स्थानीय तह


admin

महोत्तरी, ४ माघ । बजेट तर्जुमा भएको छ महीना बितेपछि मात्र महोत्तरीका स्थानीय तहमा योजनाअनुसारको विकास निर्माणको गति क्रमिकरुपमा अगाडि बढेको छ ।

गत साउन महीनामै बजेट तर्जुमा गरिसकेको जिल्लाका अधिकांश स्थानीय तहले माघको पहिलो हप्तादेखि विकास निर्माणका लागि क्रमिकरुपमा कदम उठाएको अवस्था छ ।

गौशाला नगरपालिका कार्यालय स्रोतले दिएको जानकारीअनुसार नगरस्तरीय योजनामा परेका विकास निर्माणका कामका लागि उपभोक्ता गठन हुने क्रमको शुरुआत भइसकेको छ ।

कार्यालयका लेखा अधिकृत गणेश गुरुङले दिएको जानकारीअनुसार यस आर्थिक वर्षका लागि पारित भएको रु ६३ करोड बजेटमध्ये अहिलेसम्ममा पाँच÷छ वटा नगरस्तरीय योजनाका लागि उपभोक्ता समिति गठनको कागजी प्रक्रिया अगाडि बढेको छ ।

विगतको समयमा वैशाखदेखि शुरुआत हुने गरेको विकास निर्माणका क्रमलाई विस्थापित गर्दै नयाँ संरचनाअनुसार यस वर्ष ढिलो भए पनि छ महीनाको म्याद लिएर कामकाज अगाडि बढाइएको सोनमा गाउँपालिकाका प्रमुख राजकुमार यादवले बताउनुभएको छ ।

उहाँले अगाडि भन्नुभयो, “कार्यालयमा आवश्यकमात्रामा कर्मचारी नभएकै कारणले बजेट पारित गर्नमा केही समस्या भएको छ । यस वर्षको बाँकी रहेको छ महीनामा गुणस्तरीय कामकाज गराउनका लागि कडाइका साथ अनुगमन गरिनेछ ।”

रु नौ करोड ४३ लाख बराबरको बजेट पारित गरिएको रामगोपालपुर नगरपालिकाले यसै महीनाको अन्तिम सातादेखि कामकाज शुरुआत गरिने नगरप्रमुख अशोककुमार मण्डलले बताउनुभयो ।

नगरप्रमुख मण्डलले भन्नुभयो, “अहिले सामाजिक सुरक्षाभत्ता बंैकमार्फत वितरण भइरहेको छ । अब केही दिनमै स्थानीय तहमा उपभोक्ता समिति गठन गरेर योजनामा परेको विकास निर्माणको कामकाज अगाडि बढाउनेछु ।”

रु ८८ करोड बराबरको बजेट पारित गरिएको बर्दिवास नगरपालिकाले वर्तमान समयमा आएर उपभोक्ता समिति चयन गरी प्रशिक्षण दिनेक्रम जारी रहेको नगरप्रमुख विदुरकुमार कार्कीले बताउनुभयो ।

नगरप्रमुख कार्कीले भन्नुभयो, “यस वर्षदेखि असार मसान्तभन्दा पहिले नै योजना पूर्णरुपमा कामकाज सम्पन्न हुने गरी प्रक्रिया अगाडि बढेको छ । पहिलो चौमासिकको साउन भदौ वर्षाका कारण तथा असोज र कात्तिक महीना पर्वका कारण विकास निर्माणको कामकाजमा बाधा हुँदै आएको छ ।”

यस सम्बन्धमा कोष तथा लेखा नियन्त्रण कार्यालय महोत्तरीका उपसचिव युवराज राईले भन्नुभयो, “साउन महीनादेखि विकास निर्माण कार्यमा ध्यान नदिएको पुरानै अवस्था जिल्लामा कायमै रहेको छ ।”

जसले छ महीना बित्दासमेत स्थानीयतहले सिन्कोसमेत भाँच्न सकेको छैन ।” यहाँका स्थानीयतहले समयमै कार्यकारी अधिकृतलाई अख्तियारी नदिँदा यस्तो समस्या सिर्जित भएको राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोलेनिका सङ्घीय सरकारको मातहतमा रहेको र स्थानीयतहले स्वायत भएकाले हामीले निगरानीसमेत गर्ने अवस्था छैन । स्थानीय तहमा भइरहेको कामकाजको अनुगमन एवं निगरानी स्थानीयलाई नै गर्नु जरुरी देखिन्छ ।”

दश नगरपालिका र पाँच वटा गाउँपालिका रहेको महोत्तरीका अधिकांश स्थानीय तहमा कर्मचारीलगायतका विविध आन्तरिक कारणले गर्दा समयमै परिषद् गर्नमा ढिलो भएको जिल्ला समन्वयन समिति महोत्तरीका प्रमुख सुरेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सि जिनपिङबाट ल्याटिन अमेरिकी नेताहरुलाई बेइजिंगमा सम्वोधन, लगानी बढाउने प्रतिवद्धता

सम्बन्धित

बजेटमा आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्त्व दिन्छाैँ – अर्थमन्त्री पौडेल

राष्ट्रिय सभामा बहसः मल व्यवस्थापनदेखि काठ आयात प्रतिस्थापनसम्म

हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए – प्रधानमन्त्री

बनेपामा बन्ने फिल्म स्टुडियो प्रधानमन्त्री ओलीले गरे बालुवाटरमा शुभारम्भ

सुशासन नसुधारी पानी जहाज र मोनोरेलको सपना बेचेर मात्र हुन्न – मनीष झा

स्वास्थ्य बिमा विस्तार गर्न नसके राज्यले उपचारको दायित्व वहन गर्न सक्दैन- मन्त्री पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com