ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वत बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत


admin
माघ ३, २०७५ बिहीबार  ८ : ४७ बजे

पर्वत, ३ माघ । पर्वतको कुस्मा नगरपालिका– १ मालढुङ्गामा आज बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

घटनास्थलमा तीन जना र अस्पतालमा उपचारका क्रममा चार जनाको मृत्यु भएको हो । म्याग्दी सदरमुकामको बेनीबाट नारायणगढतर्फ हिँडेको ग१ख ६१०८ नंको बस बिहान ८ः३० बजेतीर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ ।

यसरी मृत्यु हुनेमा म्याग्दी पाखापानी–२ का २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–७ का ५५ वर्षीया अमिसरा पुन र २२ वर्षीय जीवन विक, सोहि गाउँपालिका–८ का ४० वर्षीया सेती परियार र उनका श्रीमान् ५० वर्षीय टिके परियार, चितवन भरतपुर महानगरपालिका–८ का ४१ वर्षीय सुब्बे परियार तथा बाग्लुङ नगरपालिका–४ कुँडुलेका ४८ वर्षीया शान्ती केसी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते नौ जनालाई हेलिकप्टरमार्फत काठमाडाँै लगिएको छ । जसमध्ये सात जनाको छाउनी अस्पताल र दुई जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

उपचारका लागि काठमाडौँ लगिनेमा कालिकोट महावल गाउँपालिका–४ का राजबहादुर सिंह, म्याग्दी बेनी–८ का ६३ वर्षीय लक्ष्मीप्रसाद विक, सोही ठाउँका दीपेन्द्र विक, पर्वत जलजला–८ का प्रवेशिका पौडेल र उनका भाई सात वर्षीय प्रमाण पौडेल, चितवन लङ्पुरका ४५ वर्षीय रोहिडीप्रसाद चापागाईं, सोही ठाउँका कृष्ण पौडेल तथा बेनी नगरपालिका–७ की मन्दिरा पौडेल रहेका छन् ।

घाइतेमध्ये बाइस जनालाई उपचारका लागि पोखरा लगिएको छ । पोखराका विभिन्न अस्पतालमा उपचार हुने घाइतेमा जलजला गाउँपालिका– ८ का विक्रम रेग्मी, कमला रेग्मी, कुशल रेग्मी, कास्की पोखरा–३३ का लक्ष्मी बोहरा, सोही ठाउँका दिपिका बोहरा, कास्की अन्नपूर्ण–४ बस्ने चन्द्रा आचार्य, सोही ठाउँका सात वर्षीय बालक शङ्कर पौडेल, जलजला–७ का विषमाया पुन, कुश्मा नगरपालिका–९ का बस चालक रमेश पराजुली रहेका छन् ।

यसैगरी जलजला गाउँपालिका– ७ का उदिवर तिलिजा, कमल पौडेल र बालकृष्ण पौडेल, म्याग्दी बेनी–७ का टेकबहादुर पुन, हेमकला रेग्मी र सुन्दरी पौडेल चितवन भरतपुर महानगरपालिका–४ का पूर्णकला बस्नेत, पर्वत जलजला– ८ का राजन सापकोटा, देवीलाल नेपाली, दीपक परियार र तुलसी सुवेदी, धादिङका मानबहुर गुरूङ, चितवनका लक्ष्मी पौडेललाई पनि उपचारका लागि पोखरा लगिएको छ । अन्य घाइतेको धौलागिरि अञ्चल अस्पतालमै उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

म्याग्दीबाट १४ जना यात्रु लिएर छुटेको बस आधा घण्टामै दुर्घटनामा परेको हो । अन्य यात्रु भने पर्वतको जलजलाका विभिन्न स्थानबाट चढेका थिए । प्रहरीले दुर्घटना भएको आधा घण्टामै सबै बिरामीलाई अस्पताल पु¥याएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ: कुलमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com