ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राधिकरणद्वारा दुई वर्षको लक्ष्य र कार्ययोजना पारित


admin

काठमाडौं,३ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिले पुनःनिर्माण तथा पुनःस्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ ।

प्रधानमन्त्री एवं पुनःनिर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको निर्देशक समितिको बैठकले पुनःनिर्माण र पुनःस्थापनाका बाँकी कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी आगामी लक्ष्य र कार्ययोजना पारित गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पेश गर्नुभएको आगामी लक्ष्य र कार्ययोजनाअनुसार आर्थिक वर्ष २०७४-७५ भित्र प्रथम किस्ता लिएका सम्पूर्ण लाभग्राहीको निजी आवास पुनःनिर्माण आव ०७५÷७६ भित्र सम्पन्न गरिनेछ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प गएलगत्तै पुनःनिर्माण भएका घरलाई एकमुष्ट रु तीन लाख अनुदान उपलब्ध गराउन प्रक्रियालाई सहज बनाएर अघि बढ्ने निर्णय भएको जानकारी दिनुभयो ।

आगामी लक्ष्यअनुसार गुनासो सुनुवाइ, भूमिहीन, जोखिम वर्ग, एकीकृत बस्ती र परम्परागत बस्तीसँग सम्बन्धित लाभग्राहीको निजी आवास पुनःनिर्माण भने आव २०७६-७७ भित्र सम्पन्न गरिने उहाँले बताउनुभयो ।

गुनासो सुनुवाइ र पुनःसर्वेक्षणको कार्य आव २०७५-७६ को दोस्रो चौमासिकभित्र सम्पन्न गरी बाँकी सबै लाभग्राहीलाई आव ०७५-७६ भित्रै पहिलो किस्ता रकम उपलब्ध गराइनेछ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जोखिमयुक्त बस्ती तथा घरको स्थानान्तरणको आगामी लक्ष्य एवं कार्ययोजनाअनुसार सबै लाभग्राहीलाई सुरक्षित जग्गाको व्यवस्था आर्थिक वर्ष २०७५-७६ भित्रै गरिने जानकारी दिनुभयो ।

आव ०७५÷७६ भित्र ५० प्रतिशत र ०७६-७७ भित्र शतप्रतिशत आवास पुनःनिर्माण सम्पन्न गरिने प्राधिकरणले जनाएको छ । शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन र पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण आव २०७७-०७८ को प्रथम चौमासिकभित्र शतप्रतिशत सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

बैठकले सामाजिक आर्थिक पुनःस्थापनामा सबै स्थानीय तहमार्फत कार्यक्रम सञ्चालनका लागि विश्व बैंकसमक्ष कार्यक्रम प्रस्तावित गर्ने र भूकम्पका कारण अङ्गभङ्ग भएका, अपाङ्गता, एकल परिवार, वृद्धवृद्धा तथा घरबारविहीन बालबालिकाका लागि सामाजिक पुनःस्थापनासम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम पारित गरेको छ ।

पुनःनिर्माणको दीगोपना र हस्तान्तरण कार्यका लागि विपद् व्यवस्थापनसम्बन्धी संवैधानिक एवं कानूनी व्यवस्थाबमोजिम तीनै तहका सरकारसँग सहकार्य गरी पुनःनिर्माणसम्बन्धी ज्ञान, सीप र अनुभव सम्बन्धित तहको सरकारमा हस्तान्तरण गर्ने, भूकम्पसम्बन्धी अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र स्थापनासम्बन्धी गृहकार्य अघि बढाउने लक्ष्य पारित भएको छ ।

त्यस्तैगरी बैठकले प्राधिकरणमा हाल रहेको सूचना प्रणालीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने लक्ष्य पारित गरेको छ । प्रत्येक स्थानीय तहमा विपद् जोखिम नक्शाङ्कन कार्य अघि बढाउने र त्यसलाई स्थानीय तहको भू-उपयोग योजना एवं योजना तथा भवन मापदण्ड तयारीको आधारका रूपमा प्रयोग गर्ने लक्ष्य राखिएको छ ।

यस्तै बैठकले प्रत्येक गाउँपालिका एवं नगरपालिकालाई राष्ट्रिय भवन संहिता लागू गराउन विशेष सहयोग कार्यक्रम सञ्चालन गर्ने, सङ्घीय तहमा प्रस्तावित राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणसँग विशेष समन्वय र सहकार्य गर्नेलगायतका लक्ष्य पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com