ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तातोपानी नाकाको समयमै काम सक्न निर्देशन


admin

मेलम्ची, ३ माघ । चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन् ।

नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका भन्सार विभागका उपमहानिर्देशक भाइसीको नेतृत्वमा आएको टोलीले आज तातोपानी नाका क्षेत्रको अनुगमन गरिएको नेपालको तर्फबाट अनुगमनमा सहभागी बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पाले जानकारी दिनुभयो ।

“मे १८ मा उक्त नाका खोल्न सकिन्छ कि ? सकिँदैन भनेर दुई देशका प्रतिनिधिद्वारा अनुगमन भएको हो”, नगरप्रमुख शेर्पाले भन्नुभयो ।

उहाँका अनुसार मितेरी पुल, सुख्खा बन्दरगाह, सडकलगायत निर्माणाधीन पूर्वाधारको स्थलगत अनुगमन पछि दुवै देशका प्रतिनिधि तोकिएकै समयमा नाका खुलाउन सकिने निष्कर्षमा पुगेका हुन् । “कामको तीव्रता राम्रै पाइयो, चीनको तर्फबाट समयमै काम सम्पन्न गर्ने देखियो”, प्रमुख शेर्पाले भन्नुभयो ।

उहाँका अनुसार चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न थालेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले ताकेता गरेको थियो । जसअनुसार अहिले चिनियाँ रेलबे कन्स्ट्रक्सन कम्पनी लिमिटेड सिआरसिसीले पुनःनिर्माणको कामलाई तीव्रता दिएको छ ।

अनुगमनपछि जस्तोसुकै मूल्य चुकाएर भए पनि समयमै काम सक्न चिनियाँ भन्सार विभाग उपमहानिर्देशक भाइसीले सिआसिसीलाई निर्देशन दिएको प्रमुख शेर्पाले जानकारी गराउनुभयो । उहाँका अनुसार सुक्खा बन्दरगाह, सडक मितेरी पुललगायत १५ स्थानमा सिआरसिसीले २७८ कामदार परिचालन गरेको छ ।

२२ किमी सडकको पुनःर्निर्माण गर्ने जिम्मा लिएको सिआसिसीले ८–८ घण्टाको सेक्टर बनाएर २४ सैँ घण्टा कामलाई तीव्रता दिएको छ । अब आउँदो चार महीना सकाउने गरी कामलाई तीव्रता दिएको सिआरसिसीले पहिरो नियन्त्रण, कङ्क्रिट, माटो फिलिङ, मेशिनरी वाल, ग्याबिनलगायतको काम एकैसाथ थालेको छ ।

अनुगमनको उक्त टोलीमा नेपालको तर्फबाट भन्सार विभाग उपमहानिर्देशक पङ्गेनीको नेतृत्वमा भन्सार प्रमुख कृष्ण बस्नेत, बाह्रबिसे नगरपालिका प्रमुख निम्फुन्जो शेर्पा, सीमा सुरक्षाबलका प्रहरी प्रमुखलगायत नेपाल सरकारका सबै निकायको प्रतिनिधि सहभागी थिए ।

त्यस्तै चिनियाँ टोलीको तर्फबाट भन्सार विभाग उपमहानिर्देशक भाइसीको नेतृत्वमा सरकारको सबै निकायको प्रतिनिधि सहभागी थिए । उपमहानिर्देशक भाइसी सिन्चुवाङ प्रान्तका चिनियाँ कम्युुनिष्ट पार्टीका जिम्मेवार सदस्यसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com