ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु


admin
माघ ३, २०७५ बिहीबार  ५ : २८ बजे

राँझा, ३ माघ । बाँकेको तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु भएको छ ।

आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर रहेका नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा कार्यक्रम सञ्चालन भएको कार्यक्रम सहजकर्ता केशव चालिसेले जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गत गुणस्तरीय स्वास्थ्य, शिक्षाको लागि पहल गर्दै आयआर्जनका अवसर सिर्जना गरी आर्थिक तथा सामाजिक रुपमा जनताको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रम लागू भएका प्रत्येक गाउँपालिकामा रु ४५ लाखका दरले प्रदेश पाँच सरकारले बजेट पठाएको छ । उक्त बजेटले गरीब, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका घरपरिवार, दलित पिछडिएको समुदाय र घरवारविहीन परिवारको शिक्षा, स्वास्थ्य, क्षमता विकास तथा सीपमूलक तालीम सञ्चालन गरी रोजगारका अवसर सिर्जना गरिने कार्यक्रमका सहजकर्ता चालिसेले बताउनुभयो ।

कार्यक्रम सञ्चालनको लागि स्थानीय तहमा गाउँपालिका अध्यक्षको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ । बाँकेका तीनवटै गाउँपालिकामा समिति गठन भइसकेको छ ।

आर्थिक तथा सामाजिक सूचकका आधारमा गाउँपालिकाबाट कार्यक्रम छनोट गर्ने तयारी भएको जानकी गाउँपालिकाका प्रशासकीय अधिकृत लोकबहादुर सुनारले जानकारी दिनुभयो । आर्थिक तथा सामाजिक विकासको क्षेत्रमा पछाडि परेका गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम उपयोगी देखिएको उहाँले बताउनुभयो ।

बाँकेका निमित्त जिल्ला समन्वय अधिकारी भरत मल्लले कार्यक्रम लागू भएका बाँकेको नरैनापुर, डुडुवा र जानकी गाउँपालिका आर्थिक तथा सामाजिक विकासका दृष्टिकोणले पछाडि परेको बताउनुभयो ।

उहाँका अनुसार, राप्तीपारी पर्ने नरैनापुर भौगोलिक अवस्थाले समेत दुर्गम गाउँपालिकाको रुपमा चिनिएको छ भने मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेका डुडुवा र जानकी गाउँपालिका शिक्षा, स्वास्थ्य र सामाजिक विकासको क्षेत्रमा पछाडि परेका छन् ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएका गाउँपालिकाबाट छनोट भएका कार्यक्रम जिल्ला समन्वय समितिको सिफारिशमा सञ्चालन गर्ने प्रावधान रहेको मल्लले बताउनुभयो । त्यसको लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सहजकर्ताको कार्यालय जिल्ला समन्वय समितिमा स्थापना गरिएको छ ।

कार्यक्रमको प्रभावकारिताका लागि तीनवटै गाउँपालिका हेर्ने गरी एकजना अधिकृतस्तरको सहजकर्ता र प्रत्येक गाउँपालिकामा दुईजना सामाजिक परिचालकको व्यवस्था भएको सहजकर्ता चालिसेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ: कुलमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com