ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा केसीको अनशनप्रति सरकार गम्भीर बनोस् ;काङ्ग्रेस


admin
माघ २, २०७५ बुधबार  ६ : २१ बजे

 

काठमाडौं,२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले डा गोविन्द केसीले थाल्नु भएको आमरण अनशन आठ दिन पुग्दै गर्दा उहाँको बिग्रदै गएको स्वास्थ स्थिति र सरकारको संवेदना शुन्य भूमिकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज पत्रकार सम्मेलन गरी डा केसीका माग, विगतका सम्झौता र वर्तमान परिस्थिति बारे प्रष्ट पार्नुभएको छ ।

उहाँले विसं २०४६ को परिवर्तन पश्चात काङ्ग्रेसले बढावा दिएको उदार अर्थव्यवस्थाको परिणाम स्वरुप चिकित्सा शिक्षाको क्षेत्रमा भएको बढोत्तरी पनि एक भएको उल्लेख गर्नुभयो ।

डा गोविन्द केसीले विगतदेखि अघि सार्नु भएका माग चिकित्सा शिक्षाको क्षेत्रमा अत्यावश्यक सुधार र प्रगतिका लागि महत्वपूर्ण भएकाले यसलाई अपनत्व ग्रहण गरेर कार्यान्वयनका लागि समन्वय गर्ने जिम्मेवारी सबैको साझा कर्तव्य भएको काङ्ग्रेसको ठम्याई छ ।

चिकित्सा शिक्षामा सुधारका लागि काङ्ग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको प्रधानमन्त्रीत्वमा रहेको सरकारले डा केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।

प्रवक्ता शर्माले भन्नुभयो, “माथेमा कार्यदलको प्रतिवेदनको जगमा छलफल पश्चात डा केसीका माग पूरा गर्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विधेयक तयार गरी संसद्मा प्रस्तुत गरेको थियो । तर, संसदीय प्रक्रियामार्फत टुङ्गो लाग्ने परिस्थिति निर्माण हुन नसकेपछि देउवा सरकारले अध्यादेश जारी गरेर डा केसीका मागहरु सम्बोधन गरेको थियो ।”

वर्तमान सरकारले अध्यादेशको हुबहु कार्यान्वयन नगर्दा काङ्ग्रेसले जारी गरेको अध्यादेशको मूल आत्मा रक्षाका लागि संसद् अवरोधसम्म गर्नुपरेको र डा केसी जुम्ला पुगेर पुनः अनशन गर्नुपरेको काङ्ग्रेसले जनाएको छ ।

“संसदमा काङ्ग्रेसको दबाब, डा केसीको अनशन र देशव्यापी नागरिकको प्रदर्शन पश्चात अन्ततः वर्तमान सरकारपछि हट्न बाध्य भयो, डा केसीसँग सम्झौता भयो, संसद्मा प्रस्तावित विधेयकलाई संशोधन गरेर अघि बढ्ने समझदारी बन्यो” प्रवक्ता शर्माले भन्नुभयो ।

तर संसद्को शिक्षा तथा स्वास्थ्य समितिमार्फत त्यो सम्झौता खण्डीत हुन पुगेको र प्रधानमन्त्रीकै अग्रसरता र बचनको सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन हुन नसक्नु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण भएको उहाँको टिप्पणी थियो ।

प्रवक्ता शर्माले भन्नुभयो, “तत्कालै सहमतिमा फर्कने या चौतर्फी दबाब पर्खने प्रधानमन्त्रीका सामुन्ने दुई विकल्प छन्, विषयलाई गम्भीरतापूर्वक लिन हामी अपिल गर्न चाहन्छौँ, डा केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको बेला सरकार संवेदना शून्य ढङ्गले समाधानको विपरित अघि बढ्न खोज्नु दुःखद र निन्दनीय छ, तत्काल पुराना सहमतिमा फर्कन र समाधानमा पुग्न सरकारलाई सचेत गराउन चाहन्छौँ ।”

वाइड बडी प्रकरण : तथ्यको जगमा सत्यको खोजी गरौँ

काङ्ग्रेसले नेपाल वायु सेवा निगमका वाइड बडी जहाज खरीदमा भएको अनियमितता र अर्बौ रकम घोटलाका सम्बन्धमा गम्भीर र गहिरो छानबिनको माग गरेको छ ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको यो प्रकरणलाई नजिकबाट अध्ययन गरिरहेका उल्लेख गर्दै सो पार्टीले आर्थिक अनियमितताको अध्ययनका लागि अख्तियार प्राप्त संसदीय र संवैधानिक संस्थालाई सबैले सघाउनुपर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भन्नुभयो, “जहाज खरीदको अध्ययन, बोलपत्र आह्वान, रकमको जमानी, कम्पनीको छनौटदेखि खरीद प्रक्रिया पूरा गरिदा र जहाज आइपुग्दासम्म राजनैतिक र प्रशासनिक नेतृत्वबाट जे सकारात्मक भएको छ त्यसलाई सहना गरौला ।”
काङ्ग्रेसले वाइड बडी जहाज खरीदमा सार्वजनिक खरीद ऐनको उल्लङ्घन, विचौलिया कम्पनीसँगको कारोवार, खरीद या भाडामा भन्ने गम्भीर अस्पष्टता, प्रारम्भमा उल्लेखभन्दा कम क्षमताको जहाज आयात तथा अर्बौ कमिसनको चलखेलका बारेमा सम्पूर्ण सत्य तथ्य अनुसन्धानबाट सार्वजनिक गर्न माग गरेको छ ।

वाइड बडी जहाज खरीदमा भएको गम्भीर घोटाला छानबिनको विषयलाई विषयान्तर हुन नदिन आवश्यक सर्तकताका लागि सबैमा अपिल गर्दै सो पार्टीले दोषीमाथि कारवाहीका लागि निरन्तर दबाब जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ: कुलमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com