ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालविवाह विरुद्धको अभियानमा लागे किशोरी


admin
माघ २, २०७५ बुधबार  ३ : २६ बजे

 

बैतडी, २ माघ । पाँच वर्ष अगाडि बैतडी सबैभन्दा बढी बालविवाह हुने पाँच जिल्ला भित्र पर्दथ्यो । बालविवाहका कारण समाजमा विभिन्न समस्या निम्तिन थालेपछि स्वयं किशोरीहरु यस कुरीति विरुद्धको अभियानमा सक्रिय भएर लागेका छन् ।

बालविवाहका कारण महिलाले थुप्रै किसिमका हिंसाहरु खेप्नुपरेको भन्दै बैतडीका किशोरीहरु बालविवाह विरुद्धको अभियानमा जुटेका हुन् । बालविवाह विरुद्ध आफूहरुले सामूहिक रुपमा अभियान चलाएको पञ्चेश्वर गाउँपालिका अमराडीका मञ्जु चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो – “बालविवाह रोक्ने अभियान चलाएर हामीले गाउँमा अभिभावकसहितलाई सचेत पार्न थालेका छौं ।”

कुसंस्कार, सामाजिक मर्यादा, कमजोर आर्थिक हैसियत लगायतका कारणले वर्षौंदेखि यहाँ बालविवाह हुँदै आएको छ । शिवनाथ गाउँपालिकाका सोनिया पार्कीले भन्नुभयो – “बालविवाह न्यूनीकरणका लागि पहिला आफैं सचेत हुने र पछि अरुलाई पनि सचेत पार्ने कार्यमा लागेका छौं ।”

जिल्लाको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले बालविवाह विरुद्धको कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

बालविवाह रोक्न किशोरीहरुलाई सक्षम बनाउन विभिन्न खालका तालीमसमेत दिने गरिएको छ । बालविवाहका नकारात्मक असरबारे चेतना जगाउने मात्रै नभएर उनीहरुलाई अर्थाेपार्जनका क्रियाकलापमा समेत संलग्न गराउने नीति सरकारले लिएको छ ।

बालविवाह न्यूनीकरणका लागि बैतडीमा किशोरीहरुले आफैंले पहल थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा गठन भएका किशोरी वृत्तमा आबद्ध भएर उनीहरु यस अभियानमा सक्रिय रुपमा सहभागी भइरहेका छन् ।

आफ्नो गाउँपालिकाका प्रत्येक वडामा किशोरी वृतमा आबद्ध किशोरीहरुले बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको शिवनाथ गाउँपालिकाकी धनेश्वरी महताले बताउनुभयो । महताका अनुसार उनीहरुले सडक नाटक लगायतका सचेतनामूलक कार्यक्रम गरेर अभिभावकलाई सचेत पार्ने काम गरिरहेका छन् ।

बालविवाहका कारण किशोरीहरुले विद्यालय छाड्नुपर्ने, छिट्टै बच्चा जन्माउनुपर्ने, स्वास्थ्यमा विभिन्न समस्याहरु आइपर्ने थाहा पाएपछि उनीहरुले गाउँमा पनि समूहमा सिकाउने काम गर्दैआएका छन् ।

पाटन नगरपालिकाका महिला विकास निरीक्षक बिष्ना भण्डारी छोरीहरु आफ्नो खुट्टामा उभिएपछि मात्रै विवाह गरिदिनुपर्ने सन्देशसहित अभियान सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ । बैतडीका विभिन्न ग्रामीण भेगमा अझै पनि उमेर नपुगेका छोराछोरीको बिहे गरिदिने चलन कायमै छ ।

रेडक्रस सोसाइटी बैतडीका मन्त्री रमेशसिंह भण्डारीका अनुसार रेडक्रसले राष्ट्रसङ्घीय जनसङ्ख्या कोषसँग मिलेर बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको छ ।

सबैतिरबाट यस्तो प्रयास भइरहे पनि अपेक्षित नतीजा भने आएको छैन । मागेर हुने बालविवाह रोकिए पनि भागेर हुने बालविवाह चुनौतीको रुपमा रहिआएको छ ।

बैतडीमा ५७ वटा किशोरी वृतमा आवद्ध किशोरीहरु बालविवाह न्यूनीकरणका लागि सञ्चालित अभियानमा संलग्न छन् । वडा तहमा गठन गरिएका यस्ता वृत्तहरुको पहलमा एकसय भन्दा बढी बालविवाह रोकिएका राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो ।

बालिका दुलही होइनन् राष्ट्रिय सञ्जालले पाँच वर्ष अघि गरेको एक अध्ययन अनुसार बैतडीमा ५९.५ प्रतिशत बालविवाह हुने गरेको पाइएको थियो ।

बालविवाहका कारण किशोरीहरुले शिक्षा ग्रहण गर्न नपाउने र विविध खालका स्वास्थ्य समस्या झेल्नुपर्ने भएकाले आफूहरु बालविवाह न्यूनीकरण अभियानमा जुटेको चम्किलातारा किशोरी वृत रौलेश्वरका अध्यक्ष द्रोपती बिष्टले बताउनुभयो ।

बाल क्लब र किशोरी वृतहरुले दिने जानकारीका कारण आफूहरुलाई पनि बालविवाह न्यूनीकरणमा सहयोगमा पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीको भनाइ छ ।

बैतडीमा धामीझाँक्री पनि बालविवाह न्यूनीकरण अभियानमा लागेका छन् । पाटन नगरपालिकामा धामी झाँक्रीहरुले प्रतिष्ठित धामी समूह नै निर्माण गरेर बालविवाह विरुद्धको अभियानमा लागिरहेका छन् ।

प्रतिष्ठित धामी समूहका अध्यक्ष हरिप्रसाद जोशीले आफूहरु घरघरमा गएर अभिभावकलाई सम्झाउने काम गरिरहेको बताउनुभयो ।
बालविवाह रोक्न आफूहरु अहिले कार्ययोजना नै बनाएर विभिन्न गाउँ टोल जाने गरेको बालविवाह न्यूनीकरण समितिका सचिव भोजराज जोशीले बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानमा बालविवाह न्यूनीकरणका लागि धामी, झाँक्री, ज्योतिष तथा पण्डितहरुको कार्यान्वयन समिति नै गठन गरिएका छन् । धामी झाँक्रीहरुको सक्रियताले अभियानमा सहयोग पुगेको ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

सम्बन्धित

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com