ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण


admin
माघ २, २०७५ बुधबार  ३ : १७ बजे

काठमाडौं,२ माग । नेपाल पत्रकार महासङ्घले इलाम शाखाका सदस्य एवं कान्तिपुर दैनिकका संवाददाता विप्लव भट्टराईसहितका पत्रकारलाई समाचारको विषयलाई लिएर धम्क्याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले पत्रकारलाई टेलिफोनमार्फत गालीगलौज गर्दै धम्क्याएको महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
महासङ्घ इलाम शाखाका अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै केही दिनदेखि इलाममा अनशनरत डा गोविन्द केसीलाई बीएण्डसी अस्पतालका तर्फबाट चैतन्य मैनाली नाम गरेका व्यक्ति भेट्न आएको विषयमा टेलिफोनमार्फत बुझ्न खोज्दा अस्पतालका सञ्चालक प्रसाईंले भट्टराईलगायतका पत्रकारलाई गालीगलौज गर्दै धम्क्याएका थिए ।

स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारलाई बिनाकारण गालीगलौज गर्दै धम्की दिइएको घटना प्रेस स्वतन्त्रता विरोधी काम भएको महासङ्घको ठहर छ ।

महासङ्घले प्रेस स्वतन्त्रताविरोधी कार्यको घोरभत्र्सना गर्दै पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता घटना नदोहो¥याउन सम्बन्धित पक्षसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ: कुलमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com