ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिलान्यास भएको ३३ वर्षपछि कालोपत्र हुँदै


admin
पुस ३०, २०७५ सोमबार  ५ : २५ बजे

अत्तरिया, ३० पुस । शिलान्यास भएको ३३ वर्षपछि बोगटान सडक कालोपत्रे हुने भएको छ । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।

कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भई सडक निर्माण अघि बढेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर ईश्वर बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सहजपुर–बोगटान सडक कालोपत्रे रु दुई अर्ब ५ करोडमा ठेक्का भई निर्माण अघि बढेको छ । कालोपत्र ३० महीनाभित्र सम्पन् गरिने जनाइएको छ ।

कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको बिपी नगरदेखि बडीकेदारसम्म २८ किमी सडक कालोपत्रेका लागि निर्माण कम्पनीका कर्मचारीहरु खटिई सकेको म्यानेजर बस्नेतले बताउनुभयो ।
सडक कालोपत्रे गर्ने क्रममा कैलाली र डोटीमा गरी झण्डै छ हजार रुख काट्नुपर्ने अवस्था आएकाले सो प्रक्रिया पनि अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ ।

भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारको सडक विभागले सडक कालोपत्रे गर्न लागेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर बस्नेतले बताउनुभयो ।

आर्थिक समृद्धिमा मेरुदण्ड मानिएको सो सडकले कैलालीका तत्कालीन दुई र डोटीका १७ गाविसका बासिन्दालाई जोड्छ । सहजपुरदेखि बडीकेदार गाउँपालिका हुँदै बोगटानको सिमचौर भएर दिपायल जोड्ने उक्त सडक २०४२ सालमा शिलान्यास भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

सम्बन्धित

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com