ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सचिव झामाथि कुटपीट गर्ने मन्त्री यादवमाथि कडा कार्वाही गर्न माग


admin

काठमाडौं,३० पुस । कर्मचारी संघ, संगठनहरुले प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपीट गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कडा कार्वाही गर्न माग गर्दै सरकारलाई ज्ञापन-पत्र बुझाएका छन ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन–पत्र बुझाउँदै सचिव झामाथि कुटपीट गर्नेमाथि कडा कार्वाही गर्न माग गरेका हुन ।

आईतबार मन्त्री यादवले सचिव झाललाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपीट गरेका थिए । सो घटना निन्दनीय भएको उल्लेख गर्दै कर्मचारी संघ, संगठनहरुले सो सम्बन्धमा सत्यतथ्य छानवीन गर्न आफूहरुसहितको सहभागिता हुनेगरी एक उच्चस्तरीय छानवीन समिति गठन गर्न र दोषीलाई कडा कार्वाही गर्न सरकारसँग माग गरेका हुन ।

कर्मचारीको भावनामा आघात पुग्ने गरी सो घटना भएको उल्लेख गर्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रिय कार्य समितिका उपाध्यक्ष भोलानाथ पोखरेलले दोषीमाथि कडा कार्वाही गर्न र निर्दोषलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइएको बताउनु भयो ।

कर्मचारीहरुमाथि पटक–पटक दूव्र्यवहार हुने गरेको भन्दै कर्मचारी संघ, संगठनहरुले त्यस्ता खालको क्रियाकलाप तत्काल नरोकिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन । उपाध्यक्ष पोखरेलले कार्य क्षेत्रमा कर्मचारीहरुको उचित सुरक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

यता, मन्त्री पण्डितले भने सो घटनामा गल्ती गर्नेमाथि कडा कार्वाही गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सो घटनाका सम्बन्धमा छानवीन गर्न प्रदेश २ को सरकारले छानवीन समिति गठन गरेको उल्लेख गर्दै सो प्रतिवेदन आएपछि दोषीमाथि कडा कार्वाही गर्ने बताउनु भएको हो । मन्त्री यादवले मन्त्री, कर्मचारी जो भएपनि सरकारले गल्ती गर्नेलाई बाँकि नराख्ने पनि स्पष्ट पार्नु भयो ।

मन्त्री पण्डितले सो घटनापछि मन्त्री यादव र सचिव झाबाट आएको सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले सो घटनाबाट उत्तेजित नहुन पनि कर्मचारीहरुलाई सचेत गराउनु भयो ।

त्यस अवसरमा मन्त्री पण्डितले कार्य क्षेत्रमा कर्मचारीहरुको सुरक्षा दिने कुरामा ढुक्क हुन पनि कर्मचारी संघ, संगठनका नेताहरुलाई आग्रह गर्नु भयो । प्रदेश २ का मन्त्री यादवले सचिव झालाई कुटपिट गरेको घटनाप्रति सर्वसाधारणले पनि आपत्ति जनाउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com