ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा प्रदेश नं ५ संसदीय दलको बैठक सम्पन्न


admin
पुस ३०, २०७५ सोमबार  ३ : ५८ बजे

बुटवल, ३० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेशसभा संसदीय दलको बैठक आज यहाँ सम्पन्न भएको छ ।

झण्डै पाँच महीनापछि बसेको सो बैठकले प्रदेशसभा र सरकारका काम कारवाहीलाई कसरी जनतामाझ पु¥याउने र कानून निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको नेकपा संसदीय दलका सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

यस्तै प्रदेशसभाअन्तर्गत रहेका विभिन्न संसदीय समितिलाई क्रियाशील बनाएर विषयगत मन्त्रालयलाई कानून निर्माणमा क्रियाशील बनाउने र प्रदेशसभा सदस्यलाई विषयगत मन्त्रालयका आवधिक योजना कार्यान्वयनमा क्रियाशील बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक ढकालले जानकारी दिनुभयो ।

सो अवसरमा पार्टी संसदीय दलका नेता तथा मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशमा कानून निर्माणमा चासो राखेर कस्तो कानून निर्माण गर्ने तथा प्रदेशको विकास, समृद्धि र सुशासन कायम गर्ने विषयमा ध्यान दिन संसदीय समितिलाई आग्रह गर्नुभयो ।

उहाँले प्रदेशसभा सदस्यले सरकारले अगाडि सारेका विकास निर्माणका आयोजनामा आ–आफ्नो कार्यक्षेत्रमा प्रभावकारी अनुगमन र निरीक्षण गरी समयमा काम सम्पन्न गर्न र गुणस्तरीयता कायम राख्नमा आवश्यक सहयोग पु¥याउन विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले आ–आफ्ना मन्त्रालयको काम कारवाहीलाई प्रभावकारी बनाउन तथा कामको गतिलाई द्रुतगतिमा अघि बढाउने कुरामा ध्यान दिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको प्रमुख सचेतक ढकालले जानकारी दिनुभयो ।

यसअघि बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले मन्त्रालयअन्तर्गत भएका कामको विवरण, भौतिक पूर्वाधारमन्त्री वैजनाथ चौधरीले मन्त्रालयअन्तर्गत सञ्चालित विकास निर्माणका आयोजनाको अवस्था, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेशको समृद्धिसँग जोड्न मन्त्रालयबाट सम्पादित काम कारवाहीको अवस्था र सामाजिक विकासमन्त्री सुदर्शन बरालले शिक्षा, स्वास्थ तथा सामाजिक क्षेत्रका विषयमा मन्त्रालयको कामको विवरण प्रस्तुत गर्नुभएको थियो ।

यस्तै आर्थिक मामिला मन्त्रालयकोसमेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री पोखरेलले बजेट कार्यान्वयन र विकास आयोजनामा कामको अवस्थाका बारेमा र कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री आरती पौडेलले प्रदेशमा कृषि क्षेत्रमा लगानी बढाउने र जनतालाई सहकारीसँग जोड्न मन्त्रालयका कार्यक्रमका बारेमा विवरण प्रस्तुत गर्नुभएको सचेतक ढकालले जानकारी दिनुभयो ।

मन्त्रीले प्रस्तुत गरेका विवरणमा प्रदेशसभा सदस्यले मन्त्रालयगत जिज्ञासा राखेपछि सम्बन्धीत मन्त्रीले जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ: कुलमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com