ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक अस्पताल निर्माण हुने


admin
पुस २९, २०७५ आईतबार  १२ : २० बजे

सुर्खेत, २९ पुस । कर्णाली प्रदेशको भौगोलिक रूपले विकट मानिने कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने पक्का भएको छ ।

रास्कोट–५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ श्ययाको सामुदायिक अस्पाताल निर्माण हुने भएको हो ।

शनिबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, नगरप्रमुख काशीचन्द्र बराल, पत्रकार रवि लामिछाने र अस्पताल निर्माण समितिका अध्यक्ष तुलराज सिम्खडाले संयुक्तरुपमा अस्पातल निर्माण अभियानको घोषणा गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा कानूनमन्त्री भण्डारीले कर्णालीको कष्टकर विगतलाई बिदाई गर्ने अभियानमा लाग्नुभएका पत्रकार लामिछानेको प्रशंसा गर्नुभयो । उहाँले ३६ वर्ष मात्र आयु भएका कर्णालीका नागरिकको पीडा र आँसुबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको बताउनुभयो ।

प्रदेशका १० जिल्लाका नागरिकलाई सो प्रतिष्ठानले स्वास्थ्य सेवा दिइरहेको छ । नयाँ स्थापना हुने सो अस्पतालका लागि प्रतिष्ठानले जनशक्ति उपलब्ध गर्ने मन्त्री भण्डारीले आश्वासन दिनुभयो । अस्पताल निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

पत्रकार लामछिानेले यार्सागुम्बा बेच्ने तर सिटामोलका लागि तड्पिने कर्णालीवासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर अस्पताल निर्माण अभियानमा लागेको बताउनुभयो ।

उहाँले अस्पताल निर्माणमा तीनै सरकारको सहयोगको अपेक्षा रहेको बताउनुभयो । यो काममा राजनीतिक वा अन्य कुनै स्वार्थबाट अलग रहेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख बरालले अनुमानित रु १० करोड लागतमा अस्पताल निर्माण गरिने बताउनुभयो । स्थानीय सरकारले पनि ३० लाख रकम सहयोग गर्ने बताउँदै उहाँले सो अस्पतालबाट ७५ हजार सेवाग्रही लाभान्वित हुने जानकारी गराउनुभयो ।

प्रदेशसभा सदस्यद्वय कुर्मराज शाही, सुशिला शाही, प्रतिष्ठान जुम्लाका हाडजोर्नी विशेषज्ञ डा मङ्गल रावल, अस्पताल निर्माण अभियानका सदस्य डा मुकुल ढकालसहितले निर्माणकार्य अभियान उदाहरणीय बनाएर लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ: कुलमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com