वीरगन्ज, ४ असोज । दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्जमा सबै राजनीतिक दलको ध्यान केन्द्रित छ ।
सबै राजनीतिक दल वीरगन्जमा आफुले जित्ने दावी गरिरहेका छन् । वीरगन्जमा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले लिड गरिरहेको वीरगञ्ज महानगरपालिकामा राजपाले अग्रता लिएको छ ।
राजपाका मेयर राजेशमान सिंहले १२३९ मत ल्याएर कांग्रेसका अजयकुमार द्विवेदीलाई पछि पारेका हुन् । द्विवेदीको अहिले ९६५ मत छ भने संघीय समाजवादी फोरमका विजय सरावगीले ४७६ ल्याएका छन् । माओवादी केन्द्रका रहबर अन्सारीले ४०९ मत ल्याउँदा एमालेका बसरुद्दिन अन्सारीले ३२५ मत ल्याएका छन्।







प्रतिक्रिया दिनुहोस्