ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूत मेला भर्न कमला नदीमा घुइँचो


admin
मंसिर ७, २०७५ शुक्रबार  ६ : २४ बजे

लहान, ७ मङ्सिर । सिरहाको कर्जन्हा नगरपालिकास्थित कमला नदीमा स्नान र भूत मेला भर्न आज बिहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेका छन् ।

सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो तथा भव्य भूत मेला लाग्ने गर्छन् । सिरहासहित सप्तरी, धनुषा, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपूर, जयनगरलगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्ने गरेका छन् ।

कमला नदीमा स्नान गरेपछि धाँमीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नान गर्नका लागि गाउँघरबाट आज ठूलो सङ्ख्यामा मानिसहरु बिहानैदेखि कमला नदीको तटमा पुगेका छन् ।

कार्तिक पूर्णिमा आज परेको भएपनि सर्वसाधारण बिहीबारदेखि नै स्नान गर्नका लागि कमला नदीको तटमा आएर बास बसेको थियो । कमला नदीमा स्नान गरिए कमलेस्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीयबासी राजकुमार लामा बताउनुहुन्छ ।

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूल धाँमीले मन्त्र सिद्धि गरिदिएपछि धाँमी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिका लागि यस दिन पूर्णाहुती दिने चलन छ ।

मिथिलामा सदियाँैदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास छ । स्नानको समयमा मूल धाँमीले लोक भाकामा गीतसमेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेले फेरि खेल्यो ‘पपुलिस्ट कार्ड’ : २० लाख निर्व्याजी, २५ हजार मिनाहा, न्यूनतम ज्याला २५ हजार’ (पूर्णपाठ)

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिंदैछ– अध्यक्ष ओली

सम्बन्धित

समृद्धिका २५ स्तम्भसहित यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठ)

ओलीको दाबी– हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं

४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर एमालेको घोषणापत्र सार्वजनिक

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश– तीन जिम्मेवारी बोध गर्दै अघि बढौँ

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com