ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हत्या योजनाको आरोपी तीन जना पक्राउ


admin

बर्दिया,६ मंसिर । बर्दियामा बढैयाताल गाउँपालिका ३ गोव्रेपुरुका ३५ वर्षीय मोहन खटिकको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय मैनापोखरले ३ जनालाई पक्राउ गरेको छ ।

हत्याको योजनाकारको आरोपमा बढैयाताल गाउँपालिका ३ गोब्रेपुरका लक्षु भनिने ४५ वर्षिय लक्षिराम खटिक, सतपतियाका ४५ वर्षिय शालिकराम खटिक र २५ वर्षिय राजेन्द्र खटिकलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले प्रहरीलाई दिईएको बयान, कलडिटेल रेकर्ड, पीडितको किटानी जाहेरी घटना स्थलको सवुत प्रमाणको आधारमा उनीहरुलाई पक्राउ गरीएको बताए । उनीहरुलाई ईलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले आज विहान पक्राउ गरी पत्रकार सम्मेलन गरी पक्राउ गरेको हो ।

मृतकी श्रीमती समरी खटिकले कात्तिक २२ गते दिएको जाहेरीका आधारमा मनोरथ भनिने मनोहर खटिक र राम जुगेस खटिकलाई पनि अनुसन्धानका क्रममा हिरासतमा राखिएको जनाएको छ ।

हत्याका मुख्य आरोपी भारतीय नागरीक भएको इलाका प्रहरी कायालयले जनाएको छ । ३२ र ३३ बर्षका दुइजना पेशेवार अपराधीको प्रयोग भएको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेन्द्र प्रसाद मैनालीले अर्को देशमा भएको कारणले सार्वजनिक नगरेको र अन्तरदेशिय प्रहरी सँग समन्वय गरेर अनुसन्धान गरीने बताए ।

पशु व्यापार गर्दै आएका मृतक खटिकलाई पुरानो रिसिईबी तथा लेनदेनका कारण गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतक खटिकको घरमै सुतिरहेको बेलामा पेटमा गोली हानिएको थियो । घाईते अवस्थामा भेटिएका उनलाई परिवार लगाएत स्थानीयवासीले उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज उपचारका लागि लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com