ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडा कार्यालयका काम होटल र चियापसलबाट


admin
मंसिर ६, २०७५ बिहीबार  १ : ४६ बजे

 

पर्वत, ६ मङ्सिर । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनप्रतिनिधिहरूलाई भन्नुभयो, “वडाध्यक्षहरूले होटल, चिया पसल र सडकमा बसेर नागरिकहरूका काम गरेको पाइएको छ, यसो नगर्नुहोला ।”

“जनप्रतिनिधिहरूले आफ्नै कार्यालयबाट जनताका विभिन्न सिफारिश गर्दा राम्रो हुन्छ, यसरी होटल, चिया पसलमा बसेर गरिएका सिफारिश अब मान्य हुँदैनन्,” प्रजिअको यस्तो भनाइ आएपछि कार्यक्रममा सहभागी वडा नं १२ ठूलीपोखरी, वडा नं १३ खौलालाकुरी र वडा नं १४ का अध्यक्षहरूले टाउको हल्लाएर हुन्छ भन्ने समर्थन जनाउनुभयो । यो प्रतिनिधि विषय मात्र हो ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि पनि पुरानै प्रवृत्ति देखिएको छ । वडाध्यक्षहरू अहिले पनि झोलामा कार्यालयका सबै सामग्री बोकेर सदरमुकामकै होटल तथा चिया पसलबाट नागरिकका काम सिफारिश गर्ने गरेको पाइएको छ ।

सरकारले गाउँगाउँमा सिंहदरबारको अधिकार प्रत्यायोजन गरेको भए पनि वडाका कार्यालयको सेवा भने सदरमुकाम केन्द्रित नै बनिरहेपछि नागरिकको सास्ती ज्यूँका त्यूँ बनेको हो । वडाध्यक्षहरू सदरमुकाम केन्द्रित बन्दा नागरिकले सहजरूपमा सेवा पाउन नसकेको गुनासो छ ।

राजनीतिक भेला, गोष्ठी, समारोह र व्यवसाय सदरमुकाममा हुने गरेकोले जनप्रतिनिधिहरू सदरमुकाममा नै सम्पर्क कार्यालय खोलेर बस्ने गरेका कारण सेवाग्राही मर्कामा परेको गुनासो आउन थालेको छ । सम्बन्धित स्थानीय तहले पनि कडाइ नगर्दा यो समस्या आएको प्रजिअको ढकालको भनाइ छ ।

कुश्मा नगरपालिका–३ दुर्लुङको सम्पर्क कार्यालय सदरमुकामस्थित वडा नं ४ दुर्लुङ चोकमा भाडामा राखिएको छ । फलेवास नगरपालिका–११ पाङराङका वडाध्यक्ष शेरबहादुर सुनुवार कुश्मा नगरपालिका–५ मै व्यवसाय गरेर बसिरहनुभएको छ ।

उहाँले हरेक काम आफ्नो पसलबाट गर्दै आउनुभएको छ । त्यसैगरी मोदी गाउँपालिका–४ क्याङका अध्यक्ष मनकुमार पुन पनि सचिवसहित अधिकांश समय सदरमुकामकै एक होटलमा बसेर जनताका काम गर्दै आउनुभएको छ ।

त्यस्तै कुश्मा नगरपालिकाकै वडा नं ११ पकुवाका अध्यक्ष शिव पौडेल कुश्माबजारमै होटल व्यवसायमा हुनुहन्छ भने वडा नं १० पिपलटारीका सुजन विक सुनचाँदी व्यवसाय गर्दै आउनुभएको छ ।

जिल्लाका सात वटा स्थानीय तहका ६१ वडामध्ये अधिकांश वडाध्यक्ष र सचिव कार्यालयमा नबसेको पाइएको भन्दै प्रजिअ ढकालले असन्तुष्टि व्यक्तसमेत गर्नुभएको थियो । वडाध्यक्षहरूले सदरमुकाम नछाड्ने भएपछि आफूहरू पनि सदरमुकाममा नै सम्पर्क कार्यालय खोलेर बस्दै आएको वडा सचिवहरूको भनाइ छ ।

वडा सचिव तोयानाथ शर्माले वडाध्यक्षको वडामा भन्दा सदरमुकाममा नै बाक्लो बसाइ भएका कारण सेवाग्राहीको सहजताका लागि सदरमुकाममा सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो ।

फलेवास नगरपालिका–११ पाङराङका बासिन्दाले पनि नगरपालिकामा आएर वडाध्यक्षको सिफारिश लिनुपर्दा सास्ती पाएको बताएका छन् । अध्यक्ष शेरबहादुर सुनुवारले घर नै सदरमुकाममा भएका कारण धेरै सेवाग्राही कुश्मा आउने भएपछि घरबाटै सेवा दिँदै आएकोले नागरिकलाई खासै असहज नभएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय रहेको कुश्मा र इलाका प्रशासन कार्यालय रहेको हुवासबजारमा जनप्रतिनिधि र वडा सचिवहरू बस्ने गर्दा गाउँकै वडा कार्यालयबाट सहजरूपमा सेवा पाउन नसकेको भन्दै यसका लागि सम्बन्धित स्थानीय तहले कडाइ गर्नुपर्ने वडा नं ३ दुर्लुङका कुल शर्माले बताउनुभयो । अहिले नागरिक वडा तहमा ३५ वटा सेवा लिन जाने गरेका छन् ।

वडा कार्यालयमा धेरै जिम्मेवारी भए पनि जनप्रतिनिधिको जवाफदेहीतामा कमी आउँदा वडा कार्यालय सदरमुकामबाटै सञ्चालनमा भएका हुन् । स्थानीय तह कार्यान्वयनमा आउनुपूर्व पनि पर्वतका साबिकका ५५ वटै गाविसका सचिवहरू सदरमुकाममै बसेर काम गर्दै आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्यपूर्वमा भूकम्प : इरान युद्ध ७२ घण्टामै दर्जनौं देशमा फैलियो

आज पहाडी र हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा हुने

सम्बन्धित

मध्यपूर्वमा भूकम्प : इरान युद्ध ७२ घण्टामै दर्जनौं देशमा फैलियो

तराई मधेशमा आज होली पर्व मनाइँदै

सुरु भयो मौन अवधि, के–के गर्न छ निषेध ?

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

युएईमा मारिएका नेपालीको परिचय खुल्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com