ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषकले पशु नपाल्दा घट्यो सुन्तला उत्पादन


admin
मंसिर ६, २०७५ बिहीबार  १ : २० बजे

गलेश्वर,६ मङ्सिर । सुन्तला गाउँको रुपमा चिनिएको म्याग्दीकोे बेनी नगरपालिका–४ बास्कुना गाउँमा यस वर्ष सुन्तला उत्पादन कम भएको छ ।

गाउँका कृषकले पशुपालन गर्न छोडेपछि मलको अभावमा सुन्तला उत्पादनमा कमी आएको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले बताउनुभयो । बास्कुनाका २५ जनाले करीब १०० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् ।

सुन्तला बिक्रीबाट नै गाउँमा विगतका वर्षमा वार्षिक रु २० देखि ३० लाखसम्म भित्रिने गरेकोमा यस वर्ष रु १६ देखि १८ लाख मूल्य बराबरको मात्र सुन्तला उत्पादन भएको कृषकले बताएका छन् ।

प्रतिकूल मौसम, रोग र कीराको प्रकोपका कारण विगतका वर्षको तुलनामा यस वर्ष बास्कुनामा सुन्तला उत्पादनमा कमी आएको उनीहरु बताउँछन् । २०७२ सालमा रु २८ लाख बराबरको सुन्तला बिक्री भएकोमा यस वर्ष सुन्तला उत्पादन कम भएकाले १७-१८ लाख हाराहारीमा उत्पादन हुने बास्कुनाका अगुवा कृषक गुरुङले बताउनुभयो ।

कोरिया र जापान गरी १० वर्ष विदेशमा बिताउनुभएका बास्कुनाका नन्दबहादुर खत्री त्यहाँ भनेजस्तो आम्दानी गर्न नसकेपछि अन्ततः गाउँमा नै आएर सुन्तला खेती गर्न थाले पनि पछिल्लो समय सुन्तला उत्पादन घट्दै गएकोमा चिन्तित हुनुहुन्छ ।

सय बोटबाट सुन्तला व्यवसाय शुरु गर्नुभएका खत्रीले अहिले ४०० बोट लगाउनुभएको छ । अहिले ३०० बोटले फल दिन्छन् भने १०० बोट नयाँ रोपिएका छन् । रसिला र स्वादिष्ट सुन्तला उत्पादन हुने भनेर चर्चा पाएको बास्कुना गाउँ यति बेला सुन्तालाका कारण पहेँलै भएको छ । खत्रीले २०७३ सालमा सुन्तला बिक्री गरेर रु दुई लाख ७० हजार कमाएकोमा गत वर्ष रु दुई लाख ५० हजार आम्दानी भएको बताउनुभयो ।

उहाँका अनुसार यो वर्ष पनि रु दुई लाखभन्दा बढी सुन्तला बिक्रीबाट आम्दानी हुने भए पनि उत्पादन घटेकाले विगतका वर्षमा भन्दा यस वर्ष आम्दानी पनि घट्ने उहाँको भनाइ छ ।

पछिल्लो समय स्थानीयले सामूहिक रुपमा व्यावसायिक तरिकाले सुन्ताला खेती गरेपछि बास्कुना गाउँको नाम नै फेरिएर सुन्तला गाउँ बनेको छ । “यस वर्ष दाना कम फलेको छ । लगातार तीन वर्षयता उत्पादनमा कमी आएको छ”, खत्रीले भन्नुभयो ।

२०७३ सालमा रु २३ लाखको सुन्तला उत्पादन भएको बास्कुनामा गत वर्ष घटेर रु १८ लाखको मात्र उत्पादन भएको गुरुङको भनाइ छ । बास्कुनामा सुन्तलामात्र होइन, व्यावसायिक पशुपालनसमेत गरिएको छ ।

“सुन्तला खेती गर्ने किसानले पशुपालन गर्न छोडेकाले सुन्तला उत्पादनमा कमी आएको हो”, गुरुङले भन्नुभयोे । पशुपालन गरेर मलजल गर्न छोडेकाले उत्पादन घटेको हो ।

गुरुङले सुन्तलाका ६०० बोट लगाउनुभएको छ । गुरुङले सुन्तलाबाट वर्षमै रु तीनदेखि चार लाख आम्दानी गर्ने गरेको बताउनुभयो । छ सय बोटमध्ये ३०० बोटमा सुन्तला फलेका छन् भने बाँकी ३०० बोट सानै छन् ।

सिँचाइ अभाव र प्रतिकूल मौसमका कारण रोग कीराको प्रकोप बढ्दै गएकाले यस वर्ष म्याग्दीमा सुन्तला उत्पादन कम हुने कृषकको भनाइ छ ।

जिल्लाको बेनी नगरपालिका–४ बास्कुना, राखु, रघुगङ्गा गाउँपालिका–२ भवगवती, तीनपिप्ले, मङ्गला गाउँपालिकालगायतका ठाउँमा सुन्तला उत्पादन राम्रो हुने जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com