ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

ट्र्याक्टर नियन्त्रण गर्न खोलामै पुगे जनप्रतिनिधि


admin
मंसिर ६, २०७५ बिहीबार  १ : १३ बजे

 

नारायणपुर, ६ मङ्सिर । दाङका खोला तथा नदीबाट अवैधरुपमा ढुङ्गाजन्य वस्तु उत्खनन र ओसारपसार गर्ने क्रम नरोकिएपछि जनप्रतिनिधि नै खोलामा पुगेर ट्र्याक्टर नियन्त्रण गर्न थालेका छन् ।

जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेल खोलामै पुगेर अवैधरुपले ढुङ्गाजन्य वस्तु उत्खनन गरेर ओसारपसारमा संलग्न रहेका आठ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिनुभएको छ ।

प्रमुख र उपप्रमुखको दुई छुट्टाछुट्टै टोली बनाएर तुलसीपुर सुकौरा क्षेत्र र दङ्गीशरण गाउँपालिकाको बबई दोभानबाट आठ वटा ट्र्याक्टर नियन्त्रणमा ल्याउनु भएको हो ।

प्रमुख नेपालीको नेतृत्वमा गएको टोलीले दङ्गीशरण गाउँपालिकाको बबई नदीको दोभान क्षेत्रबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहको चार ट्र्याक्टर नियन्त्रणमा लिएको हो भने उपप्रमुख पौडेलको नेतृत्वमा गएको अर्को टोलीले तुलसीपुर उपमहानगरपालिकाको सुकौरा क्षेत्रबाट अवैध उत्खनन गरिरहेका चार वटा ट्र्याक्टर नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका ट्र्याक्टरलाई प्रहरीको जिम्मा लगाएको छ । “दाङका खोला तथा नदीबाट ढुङ्गा उत्खनन गर्ने काम रोकिएन ।” समन्वय समितिका प्रमुख नेपालीले भन्नुभयो, “अब आफैँ खोलामै पुगेर रङ्गेहात पक्राउ गर्ने र नियन्त्रणमा लिनको लागि हामी आफैँले सक्रियता देखाएका छौँ ।”

पक्राउ परेका ट्र्याक्टरलाई जरिवाना गरेर छोड्दै आएको छ तर अब पक्राउ परेका ट्र्याक्टर तथा मेशिन र संलग्न रहेका व्यक्तिमाथि अनुसन्धान शुरु गरिने प्रमुख नेपालीले बताउनुभयो ।

 

जनप्रतिनिधिको टोलीले तुलसीपुर र दङ्गीशरणको खोला र बबई नदीका १७ स्थानमा प्रारम्भिक वातावरणीय परीक्षणको लागि अनुगमनसमेत गरेको छ । स्थानीयतहले प्रारम्भिक वातावरणीय परीक्षणको लागि जिल्ला समन्वय समितिलाई अनुरोध गरेपछि समन्वय समितिले स्थलगत अनुगमन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा: रास्वपाको लहर, पुराना दल सीमित सिटमा

१६० निर्वाचन क्षेत्रमा मतगणना जारी: रास्वपा १६ सिटमा विजयी, १०२ क्षेत्रमा अग्रता

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com