ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

तुलसीपुरमा सुरक्षित गर्भपतन गराउने बढ्दै


admin
मंसिर ६, २०७५ बिहीबार  १२ : ३० बजे

दाङ, ६ मङ्सिर । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा यस आर्थिक वर्ष शुरु भएदेखि हालसम्म ८५ महिलाले निःशुल्करुपमा सुरक्षित गर्भपतन गराएका छन् ।

गर्भपतन गराउनेमा १६ वर्षदेखि २० वर्षसम्मका १५ र अरु २० वर्षमाथिका रहेको अस्पतालका सूचना अधिकृत कमल सुवेदीले जानकारी दिनुभयो । यसरी सुरक्षित गर्भपतन गराउनेमा केही अविवाहित पनि रहेका छन् ।

त्यसैगरी गत आर्थिक वर्षमा भने सो अस्पतालबाट एक हजार ४८ ले सुरक्षित गर्भपतन गराएका थिए । त्यसमा २० वर्षमुनिका ५९ र २० वर्षमाथिका ९८९ ले निःशुल्क गर्भपतन गराए जसमा सबैभन्दा बढी दाङ, सल्यान, रुकुम र रोल्पा जिल्लाका पनि रहेका छन् ।

अस्पतालमा सुरक्षित गर्भपतन गराउन आउनेले आफूलाई चिन्ने डरले गर्दा केहीले आफ्नो ठेगानासमेत ढाट्ने गरेको पाएको छ । अस्पतालका स्त्रीरोग विशेषज्ञ चिकित्सक विनोदसिंहले सरकारी मान्यता प्राप्त अस्पतालमा गएर सुरक्षित गर्भपतन गराउन सल्लाह दिनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “अस्पतालमा गर्भपतन गराउँदा सबैल देख्ने र चिन्ने डरले केहीले सरकारले गर्भपतनको लागि कानूनी मान्यता नदिएको ठाउँमा गएर धेरै पैसा खर्च गरी असुरक्षित गर्भपतन गराइरहेका छन् ।” असुरक्षित गर्भपतनले महिलाको ज्यानसमेत जानै सक्ने, स्वास्थ्यमा समेत जोखिम पु¥याउने भएकाले सरकारले कानूनी मान्यता दिएका स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन गराउनुपर्ने बताउनुभयो ।

चिकित्सक विनोदसिंहले प्रत्येक महीनामा चार पाँच जनाभन्दा बढी अन्यत्र गर्भपतन गराएर पेटमा आधा बच्चा तथा अत्यधिक रक्तश्राव हुने गरेका बिरामी उपचारको लागि अस्पतालमा आउने छन् भन्नुभयो ।

गर्भपतन गराउनुभन्दा परिवार नियोजनका साधन प्रयोग गर्नु स्वास्थ्यका लागि पनि राम्रो हुने उहाँको भनाइ छ । अहिले परिवार नियोजनका साधन अविवाहितका लागि पनि अस्पतालमा निःशुल्क पाइन्छ । अविवाहितले पटकपटक गर्भपतन गराउँदा पछि बच्चा नहुनेसमेत उहाँले बताउनुभयो ।

चिकित्सक विनोदसिंहले अस्पतालले आठदेखि १२ हप्तासम्मको गर्भ महिलाको इच्छाअनुसार तोकिएको मापदण्डअनुसार औजारको सहायताले गर्भपतन गराउने गरेको बताउनुभयो ।

त्यस्तै १२ हप्तादेखि १८ हप्तासम्मको भने बलात्कार, हाडनाता करणी र आमाको गर्भका कारण ज्यान नै खतरामा पर्ने प्रमाणित भएमा मात्र गर्भपतन गरिने कानूनी मान्यता छ ।

दाङमा सुरक्षित गर्भपतनको मान्यता राप्ती अञ्चल अस्पताल, मेरीस्टोप सेन्टर, तुलसीपुर घोराही उपक्षेत्रीय अस्पताल, नेपाल परिवार नियोजन सङ्घ दाङलगायतका स्वास्थ्य संस्थाले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा: रास्वपाको लहर, पुराना दल सीमित सिटमा

१६० निर्वाचन क्षेत्रमा मतगणना जारी: रास्वपा १६ सिटमा विजयी, १०२ क्षेत्रमा अग्रता

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com