ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार महीनादेखि गोदाममै अड्कियो चिनी


admin
मंसिर ५, २०७५ बुधबार  ४ : ३१ बजे

 वीरगञ्ज, ५ मङ्सिर । सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको चार महीना भइसकेको छ ।

हिन्दूहरूको महानचाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेसनले भारतको पश्चिम बङ्गालको हल्दियास्थित रेणुका सुगर मिलबाट सो परिमाणको चिनी आयात गरेको थियो, तर ढिलो गरी आएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किन पुगेको हो ।

“उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ३१ गतेसम्म भन्सार क्षेत्रमा आइपुगेको चिनी छोड्ने भनी पत्र पठाएको हो”, सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत धनबहादुर बरुवालले राससलाई भन्नुभयो, “तर कर्पोरेसनको चिनी ढिलो गरी असोज ६ गते आएकोले सो चिनी हालसम्म गोदममै थन्किएर रहेको छ ।”

२०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णयलाई आधार मानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकोले यस्तो स्थिति आएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । सुख्खा बन्दरगाहको गोदाममा राखिएको सो चिनी छाड्नेबारे विभागबाट हालसम्म कुनै पनि निर्देशन नआएकाले चिनी गोदाममै थन्किएको भन्सार अधिकृत बरुवालले बताउनुभयो ।

यता कर्पोरेसनले सो चिनी आयात गर्न एलसी (प्रतीतपत्र) खोलेको थियो । चिनी आपुर्तिकर्ता रेणुका सुगर मिलले चिनी नेपाल पठाउन रेल्वे बुक गरेको भएपनि बुक गरेको रेल्वे जाम र चापको कारण १५ दिन ढिलो गरी सो चिनी सुख्खा बन्दरगाहमा आइपुगेकोले हालसम्म गोदाममै थन्किएको कर्पोरेसनका पर्सा प्रमुख अमोज लामिछानेले जानकारी दिनुभयो ।

“चिनी छुटाउने सम्बन्धमा केन्द्रीय कार्यालयसँग पत्राचार भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँले चिनी लामो समयसम्म बन्दरगाहको गोदाममै रहेकाले दैनिक करिब रु दुई लाख जरिवाना तिर्नुपर्ने अवस्था समेत सिर्जना भएको बताउनुभयो ।

विगत चार महिनादेखि सो चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको हो । चिनी आयातमा साविकमा १५ प्रतिशत भन्सार शुल्क रहेकोमा सङ्घीय सरकारले त्यसलाई बढाएर ३० प्रतिशत पुर्याएको छ ।

सरकारले चिनीमा भन्सार बढाउँदासमेत भारतबाट चिनी आउने क्रम नरोकिएपछि सङ्घीय सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लगाएका कारण असोज १ गतेदेखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल आएको छैन । सरकारले चिनी आयातमा रोकलगाएपछि यहाँका उपभोक्ताहरु भारतीय चिनी प्रति केजी ७० रुपैयाँमा किन्न बाध्य छन ।
सुख्खा बन्दरगाहमा रोकिएको चिनी हालसम्म बजारमा आउन नसक्दा तस्करहरुले भारतबाट तस्करी गरी ल्याएको भारतीय चिनी महँगो दरमा खरीद गरी उपभोक्ताहरुले चाडपर्व मनाएका थिए ।

अघिल्लो आर्थिक वर्षमा सो नाकाबाट ६६ करोड ११ लाख रुपैयाँ भन्सार महसुल बुझाएर ३ अर्ब ६८ करोड रुपैयाँ बराबरको ५ करोड ६१ लाख किलोग्राम चिनी आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश– तीन जिम्मेवारी बोध गर्दै अघि बढौँ

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com