ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौध हजार लाभग्राहीले सम्झौता गर्न बाँकी


admin

बनेपा, ५ मङ्सिर । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि काभ्रेपलाञ्चोक जिल्लामा पहिचान भएको भूकम्प लाभग्राहीमध्ये १४ हजार ६० जनाले अझै अनुदान सम्झौता गरेका छैनन् ।

भूकम्प पुनःनिर्माणको कार्यलाई थप गति दिनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गर्नका लागि रकम बुझेर काम नगरी बसेकाहरुलाई पुस १५ गतेभित्रमा सम्बन्धित कार्यालयमा फिर्ता गर्न आह्वान गरिरहेका बेला पहिचान भएको लाभग्राहीमध्ये जिल्लाको १४ हजार ६० जना लाभग्राहीले भने अनुदान सम्झौता गर्न बाँकी देखिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख लोकनाथ रेग्मीका अनुसार लाभग्राहीको सूचीमा नाम परेकामध्ये कतिपयको अर्को स्थानमा बस्न योग्य घर भएका र नक्कली भूकम्पपीडित भएका कारण सम्झौता गर्न नआएको हुनसक्ने बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणको गतिलाई तीव्रता दिनका लागि पछिल्लो समयमा पुनःसमयसीमा निर्धारणको सूचना जारी भएपछि काभ्रेपलाञ्चोकमा रकम लिएर घर निर्माण नगरेकाले कसरी रकम फिर्ता गर्ने भन्ने विषयमा बुझ्न आउनेको सङ्ख्या बढ्दै गएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयका प्रमुख लोकनाथ रेग्मीको भनाइ छ ।

‘‘सूचना प्रकाशन भएसँगै पछिल्लो अवस्थामा रकम फिर्ता कसरी गर्ने भनेर बुझ्न आउने र निजी आवास पुनःनिर्माणको काम अगाडि बढाउन भनेर बुझ्न आउनेको सङ्ख्या बढ्दै गएको छ’’ रेग्मीले भन्नुभयो, “हामीसँग पुनःनिर्माणको लागि रकम प्रसस्तै छ तर निर्माणको कार्यले सोचेजति गति लिन सकिरहेको छैन ।”

जिल्लामा कूल ९० हजार ४९७ जनाको सर्वेक्षण भएकामा ८२ हजार ८३३ जना लाभग्राहीको पहिचान भएको थियो । जसमध्ये ४५ हजार १५६ जनाले दोस्रो किस्ता लिएर घर निर्माण गरिरहेका छन् । त्यसमध्ये तेस्रो किस्ता लिनको सङ्ख्या २२ हजार २११ जना रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

पुनःनिर्माणको लागि निर्माण सामग्री, दक्ष कामदारको अभाव र प्राविधिक नै समयमा उपलब्ध नभएपछि पुनःनिर्माणको काम प्रभावित भएको पाइएको छ । जिल्लामा हालसम्ममा ६८ हजार ७७३ जना लाभग्राहीले पहिलो किस्ता लिएका छन् ।

एकाइका अनुसार २५ हजार ११७ जनाले दर्ता भएका कूल गुनासोमध्ये २४ हजार ८४९ जनाले पुनरावलोकन गरिएकामा २१ हजार ५३८ जनाको गुनासो फछ्र्यौट भइसकेको छ । 

अनुदानबाट डिपिसी मात्र निर्माण 

डाँडापारिस्थित महाभारत गाउँपालिकाका–१ गोकुलेधापका मदनबहादुर लुङ्गेलीले घर बनाउन डिपिसी मात्रै गरेर छाड्नुभएको एक वर्ष भयो । भूकम्पपीडितमा सूचीकृत लुङ्गेली आवास अनुदानको दोस्रो किस्ता लिएपछि एक वर्षदेखि चुपचाप देखिनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “निर्माण सामग्री ढुवानी पनि गर्न सकिएन, घरको डिपिसी बनाएको एक वर्षदेखि त्यतिकै बसेको छु, घर उचाल्नेबारे सोच्दै गरौँला ।” सो गाउँमा एक वर्षअघि भूकम्पपीडित राहत अनुदान दोस्रो किस्ता लिएर चुपचाप बस्ने लुङ्गेली मात्र हुनुहुन्न ।

गोकुलेधापका अर्का शेरबहादुर मगरले भन्नुभयो, “मैले दोस्रो किस्ता लिएको एक वर्षभयो, निर्माण सामग्री पनि महँगो छ, म पनि त्यतिकै बसेको छु ।” यस गाउँमा भूकम्पपीडितका नाममा आवास अनुदान रकम लिनेमध्ये आधाजसो दोस्रो किस्ता बुझेर घर उचाल्ने सुरसारमा देखिएका छैनन्, उनीहरु चर्किएका कच्ची घर र टहरामै बसेका देखिन्छन् ।

अधिकांशले एक कोठे घर तथा केहीले साना दुई कोठा बनाउने गरी डिपिसी मात्रै गरी छाडेको देखिन्छ । सरकारको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत भूकम्पपीडितलाई आवास निर्माण अनुदानअन्तर्गत पहिलो किस्तामा डिपिसीसम्म गर्न रु ५० हजार तथा दास्रो किस्तामा रु एक लाख ५० हजार तथा घर निर्माण सम्पन्न भएपछि अन्तिम किस्तास्वरुप एक लाख दिने नीति छ ।

महाभारत गाउँपालिकाका–८ घर्तीछापमा पनि गोकुलेधापको जस्तै अवस्था देखिन्छ । स्थानीय रामबहादुर दर्लामीले भन्नुहुन्छ, “यो गाउँमा डिपिसी गरी दोस्रो किस्ता लिएर यतिकै बस्ने थुपै्र छन्, किस्ता लिन मात्रै डिपिसी गरेको पनि सुनिन्छ ।” उहाँका अनुसार यस गाउँमा दोस्रो किस्ता बुझेर चुपचाप बस्ने करीब २० परिवार छन् ।

डिपिसी मात्रै गरेको स्थानमा घाँस तथा बिरुवा उम्रिएर छोपिन थालेपछि देख्न पनि मुस्किल छ । सरकारी अनुदानअनुसार घर निर्माण सकेर बस्न थाल्नुभएका दर्लामी भन्नुहुन्छ, “कतिपयको डिपिसी गरेको ठाउँमा फलामको डण्डी मात्रै ठडिएको देखिन्छ ।” उहाँका अनुसार छिमेकी गाउँका भूकम्पपीडितको अवस्था पनि उस्तै हो ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले डिपिसी गरी दोस्रो किस्ता लिएर घर बनाउन चासो नदिएको बारे गुनासो आएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका कार्यालयमार्फत सबै वडामा अनुगमन, निरीक्षण गर्ने योजना बनाउँदैछु, किस्ता खानका लागि मात्रै डिसिसी गरेको पाए, कारवाही गर्छु ।”

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कर्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)का प्रमुख लोकनाथ रेग्मीले भूकम्पपीडितले काभे्रपलाञ्चोकका विभिन्न स्थानमा दोस्रो किस्ता लिएर चुपचाप बसेकोबारे खबर आएकाले आफ्ना प्राविधिकलाई त्यसबारे तथ्याङ्कसहितको जानकारी ल्याउन सर्कुलर गरिसकेको बताउनुभयो ।

एकाइका अनुसार जिल्लाका ६८ हजार ७७३ भूकम्पपीडित परिवारमध्ये हालसम्म ३२ प्रतिशतले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता रकम लिइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com