ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला आफन्तबाटै असुरक्षित’ आफ्नै दाजुले गरे बहिनीलाई बलात्कार


admin

घोराही, ३ मङ्सिर  । गत २०७४ चैत २२ गते दैलेखका एक सहोदर दाजुले आफ्नै बहिनीलाई बलात्कार गरे । पीडित बालिका रक्तश्रावका कारण बेहोश भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । तत्काल राप्ती उपक्षेत्रीय अस्पतालमा बालिकाको उपचार भयो ।

घोराही सिमेण्ट उद्योगमा गाडी चालक रहेका दाजुलाई प्रहरीले गिरफ्तार गरी हाडनाता करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालतले गत वैशाख २० गते पुर्पक्षमा पठायो तर अहिलेसम्म त्यसको मुद्दा फैसला हुन सकेको छैन ।

आफ्नी छोरीलाई गत २०७४ चैत ३० गते आफ्नै बाबुले बलात्कार गरेको भन्दै पीडित पक्षले गत वैशाख २३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दियोे । पटक पटक बलात्कार गरेपछि पीडित बालिकाले परिवारका सदस्यलाई कुरो लगाइन् र प्रहरीमा जाहेरी दर्ता गरिएको पीडित पक्षले जनायो ।

वैशाख २३ गते अभियुक्तलाई प्रहरीले गिरफ्तार गरी हाडनाता करणीसम्बन्धी मुद्दा चलायो । दाङ देउखुरी जिल्ला अदालतले असार ११ गते दोषी ठहर गरी २० वर्ष कैद तथा पीडितलाई रु ४५ हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसला ग¥यो ।
अर्की एक किशोरीलाई गत असार ७ गते गढवा गाउँपालिका– ६ का ३० वर्षीय आफ्नै मामाले बलात्कार गरेको भन्दै पीडित पक्षले असार ८ गते इलाका प्रहरी कार्यालय गढवामा जाहेरी दियो ।

घरमा कोही नभएको मौका पारी ललाइफकाई आफूलाई बलात्कार गरेको पीडित बालिकाले बताइन् । प्रहरीले अभियुक्तलाई असार ८ गते नै पक्राउ गरी अनुसन्धान थाल्यो ।

अदालतले असार २८ गते पुर्पक्षका लागि पठाएकामा अहिलेसम्म त्यस घटनाको मुद्दा किनारा लाग्न सकेको छैन । यति मात्र नभई किशोरी नातिनीलाई आफ्नै ६८ वर्षीय हजुरबाले बलात्कार गरेको घटना प्रहरीसम्म आइपुग्यो ।

त्यसैगरी आफ्नै चार, छ र ११ वर्षीया नातिनीहरुलाई पटक -पटक बलात्कार गरेको आरोपमा ८२ वर्षीयविरुद्ध पनि प्रहरीमा उजुरी प¥यो । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले केही समय अगाडि सार्वजनिक गरेको एक तथ्याङ्कमा दाङमा तीन वर्षदेखि ६९ वर्षसम्मका महिला बलात्कारमा परेको उल्लेख छ ।

अधिकांश महिला आफ्ना बाबु, हजुरबा, दाजु, काका, मामा र छरछिमेकीबाट बलात्कार, यौनजन्य हिंसा र बलात्कारको प्रयासमा परेको घटना छन् । समाजमा अहिले किन यस्ता घटना भइरहेका छन् जहाँ एउटा महिला घरभित्र आफ्ना आफन्तबाटै सुरक्षित छैनन् । छोरीहरु घरबाहिर हिँड्नु हुँदैन ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागर गत पुसदेखि कात्तिक अन्तिमसम्म जिल्लामा ५१ बलात्कारका घटना भएकामा आठ वटा बलात्कार आफ्नै बाबु, दाजु, हजुरबा, मामा, भिनाजु, छरछिमेकी र झट्केलो बुवाबाट भएको जानकारी दिनुहुन्छ । महिलाहरु टाढाका मान्छेभन्दा पनि आफन्त, छरछिमेकी र नातागोताबाट असुरक्षित देखिएका छन् । उहाँ भन्नुहुन्छ, “समग्र जिल्लाको घटना हेर्दा ८० प्रतिशत बालिकाहरु यौनजन्य हिंसामा छन् । बालिका जोगाउनका लागि अव विशेष संवेदनशील हुनुपर्ने देखिन्छ ।”

उहाँका अनुसार यस वर्ष सबैभन्दा धेरै १४ वर्षका ११ बालिका बलात्कृत भएका छन् । तीन, चार, पाँच वर्षका बालिका पनि बलात्कारमा परेकामा ४२ घटनामा बालिकाहरु प्रत्यक्ष प्रभावित भएका छन् ।

पछिल्लो समय बाहिर आएका यौन हिंसाका अधिकांश घटना आफन्तैबाट हुने गरेकोे पाइएको छ । यसले हाम्रो समाज कतातिर जाँदै छ भन्ने प्रश्नचिह्न खडा गरेको छ । समाज सम्पन्न भए पनि व्यवहार र मानसिकता भने पछिल्ला सार्वजनिक भएका घटनाले प्रष्ट पारेका छन् ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने अब बाटो, पुलपुलेसा बनाएर मात्र समाज समृद्धि हुन नसक्ने बताउनुहुन्छ । हाम्रो समाजका हरेक वर्गलाई अहिले सचेतनाको आवश्यकता रहेको उहाँको बुझाइ छ ।

उहाँले भन्नुभयो “समाजलाई सचेत बनाउने सबै सरोकारवाला निकायको हो, अव सबै ससक्त रुपमा लाग्नु पर्छ ।” अधिकांश महिला हिंसासँग सम्बन्धित सचेतनाका कार्यक्रममा महिला मात्रै सहभागी हुने गरेको तथ्य प्रष्ट्याउँदै उहाँ अब महिलामाथि हिंसा गर्ने पक्षलाई पनि बढीभन्दा बढी सचेतनाका कार्यक्रम गर्नुपर्ने बताउनुहुन्छ ।

महिला मानव अधिकार रक्षकहरुको सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्य पनि महिलाहरु आफ्नैबाट असुरक्षित हुँदाहुँदै पनि पीडितका कुरा सुन्न कोही पनि तयार नरहेको दुखेसो पोख्नुहुन्छ ।

घरपरिवारदेखि प्रहरी, प्रशासन, मेलमिलाप केन्द्र, सेवा केन्द्र, अदालतलगायत निकायमा महिलाको पीडा सुन्न चाहने कोही पनि नरहेको उहाँको आरोप छ । “पहिले पीडितको कुरा त सुनौँ भनेर हामीहरुले पटक पटक भनिरहेका छौँ”, उहाँले भन्नुभयो, “तर सुन्नुभन्दा मिलाउन सबै तयार भैरहेका छन् । बलात्कारका घटनामा पनि मिलापत्र हुन थालेको छ ।

” महिला हिंसाका घटनालाई सामान्य रुपमा लिने परिपाटी अहिले पनि उस्तै रहेको उहाँ बताउनुहुन्छ । महिला हिंसा एउटा सामाजिक अपराध हो भन्ने मान्न कोही पनि तयार नरहेको उहाँको बुझाइ छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतम भने आफूहरुले महिला हिंसाको घटनालाई सामान्य रुपमा नलिएको बताउनुहुन्छ । महिला हिंसा पनि सामाजिक अपराध भएको हुँदा प्रहरीले त्यसलाई संवेदनशील रुपमा लिइरहेको उहाँको भनाइ छ । उहाँ प्रहरीसँगै मिलेर सबै सरोकार भएका निकायले अब लक्षित वर्गमा सचेतनाको कार्यक्रम गर्नुपर्ने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com