ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शरीर जोडिएको शिशु जन्मनु पश्चिम नेपालमा असाधारण र दुर्लभ घटना हो – डा शाह


एबीसी न्यूज
मंसिर ३, २०७५ सोमबार  १० : ५१ बजे

काठमाडौँ, ३ मङ्सिर । रास्कोट नगरपालिका–५ कालिकोटका २८ वर्षीय ललिता बुढाले आइतबार प्रदेश अस्पताल सुर्खेतमा जन्माएको पेटदेखि छातीसम्म शरीर जोडिएका जुम्ल्याहा बालिका । जुम्ल्याहा बालिकालाई एनआईसियुमा राखिएको छ ।
सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छन् ।

रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा. राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, शल्यक्रिया कक्षमा रहेकी नर्स विनिता बस्यालसहितको चिकित्सकको संयुक्त प्रयासबाट शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिइएको हो ।

उनीहरुको अवस्था सामान्य रहे पनि खतरामुक्त गर्न एनआइसियुमा राखिएको डा राजीवले जानकारी दिए ।

उनका अनुसार आमाको अवस्था सामान्य छ । जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु पनि जोडिएको हुनसक्ने उनले   बताए ।

“पेटदेखि छातीसम्मको शरीर जोडिएको शिशु जन्मनु पश्चिम नेपालमा असाधारण र दुर्लभ घटना हो”, डा शाहले भने, “एमआरआइ वा भिडियो एक्स–रे गरेर उनीहरुको थप शल्यक्रिया गर्नु पर्दछ ।” यद्यपि उनीहरुको शल्यक्रिया सफल हुनसक्ने उनको भनार्इ थियो ।

ललिताका पति विर्खबहादुर बुढाले उनलाई चार दिनसम्म कालीकोट अस्पतालमा राखेका थिए ।

अस्पतालले पठाएपछि उनले शनिबार बेलुका प्रदेश अस्पताल सुर्खेतमा ल्याए । बुढाले सात दिनसम्म बेथाले च्यापेकी श्रीमती र बच्चा सकुशल देख्न पाउँदा खुशी लागेको बताए ।

उनले शल्यक्रिया गरेर पत्नी ललिता र जुम्ल्याहा बालिका बचाउन सहयोग गर्ने चिकित्सकको टोलीलाई धन्यवाद दिए ।

“एकातिर खुशी छु तर अर्कोतिर आजदेखि चिन्ता पनि थपिएको छ”, बुढाले भने । बालिकाको जीवन बचाइदिन उनले सरकारसँग सहयोगको याचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मध्यरातदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक

निर्वाचनको अन्तिम तयारीमा विवाद र दुःखद घटनाहरू: वीरगंजमा धार्मिक द्वन्द्व उक्साउने प्रयास, उम्मेदवारहरू पक्राउ

सम्बन्धित

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

९ वटा सुतली बम र सुँगुरको टाउको मस्जिदमा फ्याँक्ने तयारी गरेका ३ जना पक्राउ

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

पर्सा–२ का उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीमा शंकास्पद विस्फोटक पदार्थ फेला, चार जना नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com