ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कारपछि हत्या : हरायो न्याय पाउने आश


admin
मंसिर २, २०७५ आईतबार  ४ : १३ बजे

जीतपुर, २ मङ्सिर । सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । “आमा म नाच हेर्न जान्छु” कपिलवस्तुको बाणग-ङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी छोरी जिन्दगीभरि नआउने गरी सधैँका लागि बिदा लिइन् ।

“मेरी छोरीको अस्मिता लुटेर अकालमा हत्या गरियो”, आमा फहियाले आँखाभरि आँशु झाँर्दै भन्नुभयो,“ छोरीको हत्यारा अहिलेसम्म पक्राउ नपर्दा दुःख लागेको छ ।” विसं २०६८ असोज १४ गते घरको नजीकै थारु समुदायको सांस्कृतिक कार्यक्रम हेर्न जाँदा शिवरानीको अर्को दिन बिहान बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजीकैको नहरमा शव भेटिएको थियो ।

“म छिट्टै आउँछु है भनेर छोरीले भनेको बोलीको झझल्को अझै पनि बिर्सन सक्दिन”, फहियाले भन्नुभयो, “ छोरीको हत्या भएको सात वर्ष बित्दा पनि हत्यारालाई कारवाही हुन सकेन । हामीजस्ता गरिबहरुको कसले न्याय गर्छ”, उहाँले दुःखको पीडा सुनाउँदै भन्नुभयो । उहाँ कुरा भन्दै जाँदा बीचैमा टोलाउनुहुन्छ ।

शिवरानीका हजुरबुवा कुल्चा थारुले हत्यारा पत्ता लगाउनका लागि पटक पटक प्रहरीलाई दबाब दिइए पनि हालसम्म पनि न्याय पाउन नसकेको गुनासो गर्नुभयो । “छोरीलाई पाउने आशा त अब जिन्दगीभरि नै रहेन तर अस्मिता लुटेर हत्या गर्ने अपराधीलाई कारवाही भएको देख्न पाए थोरै भए पनि न्याय पाएको अनुभूति हुने थियो”, शिवरानीका बुवा कुलुचाले भन्नुभयो ।

फहियालाई मानसिक रोगले समेत सताउने गरेको छिमेकीले बताएका छन् । हत्याका बारेका सूक्ष्म र गहन ढङ्गले अनुसन्धान गरिँदैआएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक गोविन्द राउतले जानकारी दिनुभयो ।

अपराधीलाई ढिलै भए पनि कानुनी दायरामा ल्याई पीडितलाई न्यायको अनुभूति दिलाइने प्रहरी निरीक्षक राउतले बताउनुभयो । जिल्लामा हुने यस्ता खाले जघन्य घटनाका अपराधीलाई यथाशीघ्र प्रहरीले पक्राउ गरी कानूनअनुसारको कारवाही र पीडितलाई न्यायको अनुभूति दिन प्रहरी तदारुकताका साथ लाग्नु पर्ने नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाई बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मध्यरातदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक

निर्वाचनको अन्तिम तयारीमा विवाद र दुःखद घटनाहरू: वीरगंजमा धार्मिक द्वन्द्व उक्साउने प्रयास, उम्मेदवारहरू पक्राउ

सम्बन्धित

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

९ वटा सुतली बम र सुँगुरको टाउको मस्जिदमा फ्याँक्ने तयारी गरेका ३ जना पक्राउ

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

पर्सा–२ का उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीमा शंकास्पद विस्फोटक पदार्थ फेला, चार जना नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com