ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदिरा निषेधित पहिलो नगरपालिका घोषणा


एबीसी न्यूज

रारा, २  मङ्सिर ।  मुगु जिल्लाका चार वटा स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिकालाई देशकै पहिलो मदिरा निषेधित नगरपालिका घोषणा गरिएको छ ।

नगरपालिकाका १४ वटै वडाका स्थानीयवासीको उत्साहका साथ संस्कृति, बाजा झाँक्रीसहित कार्यक्रम सहभागी थिए । नगरलाई मदिरा निषेधित नगर घोषणा गर्न दुई महीनादेखि स्थानीय प्रहरी प्रशासन तथा नगरपालिकाका सबै गाउँ बस्तीमा नियमित प्रचारात्मक अभियान थालिएको थियो । नगरपालिकालाई मदिरा निषेधित नगर घोषणा कार्यक्रममा नगरपालिकाभित्रका पाँँच हजार बढी सर्वसाधारणको सहभागिता थियो ।

नगरलाई मदिरा निषेधित घोषणा गर्दा प्रदेश मुख्यमन्त्री शाहीले प्रतिबद्धतापत्र वाचन गर्दा उपस्थित सबैले उठेर वाचन गरेर मदिरा निषेधितमा प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा नगरका वडा नं ५ का वडाध्यक्ष डम्बरबहादुर रावलले मदिराकै कारण समाज उधो गतितिर गएको र समाजमा महिला हिंसा, बालविवाह, विकास दुरुपयोग, अनियमिता बढ्दै गएको निष्कर्षसहित गत असोज १ गते बसेको नगरसभाको निर्णय गरेअनुसार आज निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो ।

विगतका चाडबाडभन्दा यो वर्षका चाडबाड नगरवासीले खुशी र उल्लासमा मनाएको स्मरण गर्दै यो अभियानमा सबै लाग्न प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आग्रह गर्नुभयो ।

नगर क्षेत्रलाई बिक्री क्षेत्र बनाएका नेपाल सरकारबाट मदिरा बिक्रीका लागि इजाजत प्राप्त २६ जना व्यवसायीले आफ्ना इजाजतपत्र नगरपालिकालाई बुझाएको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रत्नसिंह मल्लले बताउनुभयो ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद गोपालबहादुर बमले नगरपालिकाले मदिरा नियन्त्रण, व्यवस्थापन तथा निषेधित क्षेत्र घोषणा कार्यविधि २०७५ छायानाथ रारा राजपत्र सार्वजनिक गर्नुभयो ।

मदिरा पीडितको प्रतिनिधित्व गदै छायानाथ रारा नगरपालिका वडा नं १ श्रीनगर गाउँकी नन्दकला मल्लले आफूले १८ वर्षमा विवाह गरेको १० वर्ष नबित्दै श्रीमानको मदिरा सेवनकै कारण कलेजोमा क्यान्सर भएर मृत्यु भएको र साथमा रहेका चार बच्चाको कठिन सामना गर्दै पालनपोषण गरेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिका–३ तुम गाउँका स्थानीय केशर रावलले विगतमा मदिरा सेवन गरेकामा पश्चाताप गर्दै १२ वर्षभन्दा लामो समयसम्म रक्सी सेवन गर्दा धन, इज्जत सबै गुमेको र आफ्ना बालबच्चाले राम्रो शिक्षा नपाएको तथा आर्थिकरुपमा आफ्नो परिवार कमजोर हँुदै गएको बताउनुभयो । उहाँले नगरपालिकाले घोषणा गरसँगै आफूले मदिरा सेवन छोडेको घोषणा गर्नुभयो ।

स्वर्ग भनेकै कर्णाली हो भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छायाँनाथ, चन्दननाथजस्ता प्रसिद्ध तीर्थस्थल रहेको बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा मानिस कासाका थाल, कासाका भाँडा, तामाका भाँडामा मार्सी चामल खाने क्षेत्र हो तर केन्द्रीय सरकारको उपेक्षाले क्रमशः कणाली गरीब भएको हो भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com