ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७७ वटै जिल्ला प्रहरी कार्यालय अगाडि अब ‘एलइडी’ टिभी


एबीसी न्यूज
कार्तिक ३०, २०७५ शुक्रबार  १० : १० बजे

काठमाडौं, ३० कात्तिक ।  प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालय अगाडि ‘एलइडी’ टिभी जडान गर्ने भएको छ। ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत प्रहरीसँग सम्बन्धीत गतिविधि नागरिकसम्म पुर्याउने उद्देश्यले सबै जिल्ला प्रहरी कार्यालय अगाडि टिभी राख्न लागिएको हो।

प्रहरी प्रधान कार्यालयले टिभी जडानका लागि प्रदेश प्रहरी कार्यालयलाई निर्देशनसहितको पत्र पठाइसकेको छ।यसरी जडान गरिने टिभी प्रहरी कार्यालय अगाडि आम नागरिकको चहलपहल हुने ठाउँमा सबैले देखिने गरी जडान गरिनु पर्ने हुन्छ।

त्यसरी जडान गरिएका टिभीमार्फत प्रहरीसँग सम्बन्धित गतिविधि प्रसारण गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। जनचेतना मुलक कार्यक्रम, पिएसए, जिंगल, सडक दुर्घटना सम्बन्धी जानकारी, प्रहरी कार्यालयमा उपलब्ध हुने सेवा, महत्वपूर्ण टेलिफोन नम्बरहरु, प्रहरी र नागरिकसँग भएका साझेदारीका कामकारबाही प्रसारण गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। ७ सय ५३ स्थानीय तहसँगै ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ लागू गरिने भएको छ।

त्यसका लागि अहिलेसम्म ६ सय ५० स्थानीय तहसँग सम्झौता भइसकेको छ। अन्य स्थानीय तहमा सम्झौता हुने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ। हिमाली क्षेत्रमा जाडोका कारण मानिसहरु तराई झरेकाले हिमाली क्षेत्रमा भने साझेदारी कार्यक्रमको सम्झौता गर्न गाह्रो भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। स्थानीय तहसँग सम्झौता भएपछि वडा, गाउँटोली र विद्यालयसँग साझेदारी कार्यक्रमको सम्झौता गरी लागू गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मध्यरातदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक

निर्वाचनको अन्तिम तयारीमा विवाद र दुःखद घटनाहरू: वीरगंजमा धार्मिक द्वन्द्व उक्साउने प्रयास, उम्मेदवारहरू पक्राउ

सम्बन्धित

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

९ वटा सुतली बम र सुँगुरको टाउको मस्जिदमा फ्याँक्ने तयारी गरेका ३ जना पक्राउ

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

पर्सा–२ का उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीमा शंकास्पद विस्फोटक पदार्थ फेला, चार जना नियन्त्रणमा

चुनावी विश्लेषण गर्न पाउनुपर्ने माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com