ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

महिलाहरु दुना-टपरी उद्योगतर्फ आकर्षित


admin
कार्तिक २९, २०७५ बिहीबार  ४ : १० बजे

बेझाड, २९ कात्तिक  ।  ग्रामीण भेगका महिलालाई स्वरोजगार बनाउन दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ काँसजरीस्थित चेतनामूलक आमा समूहले सो उद्योग सञ्चालनमा ल्याएको हो ।

दुनापटरी उद्योग गाउँका महिलाका लागि आयआर्जन गर्ने माध्यम बनेको छ । जङ्गलमा खेर गएका सालको पातबाट उनीहरुले दुनापटरी बनाउँदै आएका छन् । महिलाले फुर्सदको समयलाई सदुपयोग गरी घरायसी कामकाजसँगै दुनापटरी बनाउने गरेका छन् । यहाँका महिला फुर्सदको समयमा जङ्गल गई सालको पात टिपेर ल्याउने र घरमै बसेर लाफा लगाउने कार्यमा व्यस्त रहन्छन् ।

“साँझ–बिहान घरको काम सकाएर दिउँसो फुर्सदमा दुनाटपरी बनाउन थाल्छु,” स्थानीयवासी सञ्जु मल्लले भन्नुभयो, “घरमा दिनभर टिभी हेरेर तथा छिमेकीसँग गफ गरेर समय बित्दथ्यो, अहिले सालको लाफा लगाउने र समूहलाई बिक्री गर्न पाइएको छ ।” सालको लाफा लगाएर छोराछोरीको पढाई खर्च, खाजाखर्च र घरायसी खर्च चलाउन सजिलो भएको उहाँको भनाइ छ । काँसजरी क्षेत्रका महिला अहिले सालको लाफा लगाउने कार्यमा कस्सिएका छन् ।

स्थानीयवासी सीता मल्लको दैनिकी पनि हिजोआज जङ्गल गई सालको पात टिप्ने र लाफा लगाउने कार्यमै बित्ने गरेको छ । यस व्यवसायबाट आयआर्जन गर्न सहज भएको उहाँ बताउनुहुन्छ । “विगतमा रोजगारी सिर्जना हुने खालको उद्योग नहुँदा निकै दुःख झेल्नु पथ्र्यो, अहिले गाउँमै आम्दानी गर्न सक्ने भएका छाँै,” मल्लले भन्नुभयो ।

तीन महीनाअघि यहाँ उद्योग सञ्चालनमा आएको हो । आमा समूहका सदस्यले पालैपालो आफैँ उपकरण चलाएर दुनाटपरी उत्पादन गर्ने गर्छन् । अहिले गाउँघरमा हुने शुभकार्य, विवाह, व्रतबन्धलगायत कार्यमा दुनाटपरीको माग बढ्न थालेको आमा समूहका अध्यक्ष शोभाकुमारी खड्काले बताउनुभयो ।

“गाउँघरमा भोजभतेरको समयमा प्लास्टिकका सामान प्रयोग हुने गरेकामा अहिले दुनाटपरीको प्रयोग हुन थालेको छ,” उहाँले भन्नुभयो । एक सय थान टपरी रु २५० तथा १२० थान दुना रु एक सयमा बिक्री हुँदै आएको छ ।

आमा समूहले रामपुर नगरपालिकालाई प्लास्टिकमुक्त नगर घोषणा कार्यक्रममा सघाउ पु¥याउने उद्देश्यका साथ सो उद्योग सञ्चालनमा ल्याएको हो । रु तीन लाख ५० हजारको लागतमा दुई उपकरण खरीद गरी दुनाटपरी उत्पादन थालेको आमा समूहका पूर्वअध्यक्ष सीमादेवी राना बताउनुहुन्छ ।

समूहमा आबद्ध महिलाले मात्र नभई अन्य महिलाले पनि सो कार्य गर्दै आएका छन् । महिला उद्योग–व्यवसाय चलाएर आफैँ उद्यामी बनेका छन् । सो उद्योगमा महिलाको आकर्षण बढ्दै गएको छ । उद्योगलाई निरन्तर सञ्चालन गर्न सकेमा महिलालाई स्वरोजगार बन्न मद्दत पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com