ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पैँतीस वर्षदेखि मैनतडावासी लालपूर्जाविहीन


admin
कार्तिक २९, २०७५ बिहीबार  १० : ३२ बजे

सुर्खेत, २९ कात्तिक । भेरीगङ्गा नगरपालिका–८ सुर्खेत मैनतडावासीले ३५ वर्षदेखि भोग चलन गर्दै आएको जग्गाको लालपूर्जा पाएका छैनन् । जग्गा भएर पनि लालपूर्जा नपाउने नगरपालिकाको वडा नं ८ का बासिन्दा मात्र होइनन ६, ७, र ९ वडाका बासिन्दाको पनि समस्या उस्तै छ ।

मैनतडावासीले लालपूर्जाका लागि बेलाबेलामा गरेको प्रयास पनि सफल हुनसकेन ।यस क्षेत्रको प्रतिनिधित्व गर्ने नेता तथा सरकारी तबरबाट पनि आफूहरुलाई सहयोग नभएको उनीहरूको गुनासो थियो ।

विसं २०३९ मा सुर्खेत जिल्ला मालपोत कार्यालयबाट नापनक्सा भए पनि १२३ जनाभन्दा बढीलाई लालपूर्जा नदिइएको जयबहादुर सुनारले बताउनुभयो । विसं २०५३-५४ मा सो समस्या समधान गर्ने भनी आएको सरकारी समितिले यस गाउँका ९३ जनालाई लालपूर्जा दियो तर आफूहरुमाथि विभेद गरेको उहाँको भनाइ थियो ।

“लालपूर्जा हातमा छैन, किनबेच गर्न पनि ठूलो समस्या भएको छ”, सुनारले भन्नुभयो, “घरायसी कागज बनाएर लेनदेन गरिरहेका छौँ भेरी बबइ बहुउद्देश्यीय आयोजनाका कारण ८ वडाको १४२ रोपनी जग्गा डुबानमा पर्दैछ । आयोजनाले मुआब्जाका लागि लालपूर्जा मागेको छ । पूर्जाविहीन यहाँका समुदायलाई अब भने झनै समस्या आइलागेको छ ”

सोहीस्थान निवासी सीता शर्माले जग्गा भएर पनि अहिलेसम्म सुकुम्वासीजस्तो जीवन जिउनुपरेको बताउनुभयो । अब पनि चुप लागेर बसे आफ्ना लागि दुर्भाग्य हुने ठानेर अधिकार सम्पन्न जग्गा दर्ता समिति गठन गरी सो समितिबाट यहाँका समुदायलाई हालको भोगचलनका आधारमा जग्गाधनी प्रमणपत्र उपलब्ध गराउनुपर्ने मागपत्र बुधबार प्रदेश सरकारलाई बुझाएको उहाँको भनाइ थियो ।

दुई बुँदे मागपत्र बुझ्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कानून बनाएर यो समस्या समाधान गर्ने बताउनुभयो । “कानून निर्माण भएसँगै हामी आयोग गठन गर्छौँ”, मन्त्री केसीले भन्नुभयो, “आयोगले पीडित समुदायको समस्या पहिचान, समधान तथा व्यवस्थापनमा सघाउ पु¥याउने छ ।”

अहिले त्यहाँ जग्गाको नापनक्सा भई फिल्ड किताबसमेत तयार भएपनि र लालपूर्जा नपाएका एक हजार ५०० घरधुरीले अझै लालपूर्जा पाउनेमा आशंका छ । दुई हजार ६६० घरधुरी रहेको मैनतडामा हाल दलित, क्षेत्री, ब्राम्हण जातिका समुदाय बसोवास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका–इजरायलको इरानमाथि आक्रमण ४–५ हप्ता लम्बिन सक्छः ट्रम्प

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

सम्बन्धित

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

युएईमा मारिएका नेपालीको परिचय खुल्यो

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com