ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरिया भाषा परीक्षा उतीर्णलाई प्राथमिकता दिन आग्रह


admin
कार्तिक २८, २०७५ बुधबार  ३ : १६ बजे

 काठमाडौं, २८कात्तिक । रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् ।

सन् २०१८ को भाषा परीक्षा उत्तीर्ण भएका व्यक्ति कामका लागि कोरिया पुगिसक्दासमेत सन् २०१७ मा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका युवा कोरिया जान नपाएको भन्दै उनीहरुले जतिसक्दो छिटो लैजान पहल गर्न आग्रह गरेका हुन् । इपिएस पीडित नेपाल समूह गठन गरी उनीहरुले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । आज शान्तिवाटिकामा आयोजित कार्यक्रममा पीडित समूहका अध्यक्ष लेखराज कार्कीले सन् २०१७ मा भाषा परीक्षा उत्तीर्ण भएका व्यक्तिको कोरिया जाने प्रक्रिया तत्काल अगाडि बढाइनुपर्ने बताउनुभयो ।

सन् २०१७ मा भाषा परीक्षा पास गरेका कामदारको प्रक्रिया अघि नबढाई २०१८ मा भाषा परीक्षा उत्तीर्ण गरेका कामदारलाई प्राथमिकता दिइएकाले आफूहरु अन्यायमा परेको उहाँले बताउनुभयो । इपिएस प्रणालीलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गरी भाषा परीक्षा उत्तीर्ण कामदारलाई कोरिया लगिसकेपछि मात्र नयाँ परीक्षा सञ्चालन गर्नसमेत उनीहरुले आग्रह गरेका छन् ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले २०१७ को भाषा परीक्षा उत्तीर्ण कामदारलाई प्राथमिकताका आधारमा लैजान त्यहाँको मानव संसाधन विभागसँग आग्रह गरेको छ । विभागका प्रतिनिधिसँग मङ्गलबार भएको छलफलमा सन् २०१७ को भाषा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका कामदारलाई समयावधिभित्रै कोरिया लैजान अनुरोध गरिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।

भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका कामदार दुई वर्षभित्र कोरिया गइसक्नुपर्ने प्रावधान छ । २०१७ को भाषा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका करीब पाँच हजार कामदार कोरिया जानबाट वञ्चित रहेको इपिएस नेपाल पीडित समूहले जनाएको छ ।

रोजगारीको आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया नेपालीको रोजाइमा पर्दै आएको छ । गत असोज मसान्तसम्म ७५ हजार ६७९ कामदार रोजगारीका लागि कोरिया पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । त्यस्तै सन् २०१८ को भाषा परीक्षा उत्तीर्ण गरेका सात हजार ९९८ मध्ये सात हजार ४८१ कामदार कोरिया पुगिसेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

होली शान्तिपूर्ण: पक्राउ र ट्राफिक नियम उल्लंघनका घटना शून्य

सम्बन्धित

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

युएईमा मारिएका नेपालीको परिचय खुल्यो

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com