ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

कोरिया भाषा परीक्षा उतीर्णलाई प्राथमिकता दिन आग्रह


admin

 काठमाडौं, २८कात्तिक । रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् ।

सन् २०१८ को भाषा परीक्षा उत्तीर्ण भएका व्यक्ति कामका लागि कोरिया पुगिसक्दासमेत सन् २०१७ मा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका युवा कोरिया जान नपाएको भन्दै उनीहरुले जतिसक्दो छिटो लैजान पहल गर्न आग्रह गरेका हुन् । इपिएस पीडित नेपाल समूह गठन गरी उनीहरुले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । आज शान्तिवाटिकामा आयोजित कार्यक्रममा पीडित समूहका अध्यक्ष लेखराज कार्कीले सन् २०१७ मा भाषा परीक्षा उत्तीर्ण भएका व्यक्तिको कोरिया जाने प्रक्रिया तत्काल अगाडि बढाइनुपर्ने बताउनुभयो ।

सन् २०१७ मा भाषा परीक्षा पास गरेका कामदारको प्रक्रिया अघि नबढाई २०१८ मा भाषा परीक्षा उत्तीर्ण गरेका कामदारलाई प्राथमिकता दिइएकाले आफूहरु अन्यायमा परेको उहाँले बताउनुभयो । इपिएस प्रणालीलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गरी भाषा परीक्षा उत्तीर्ण कामदारलाई कोरिया लगिसकेपछि मात्र नयाँ परीक्षा सञ्चालन गर्नसमेत उनीहरुले आग्रह गरेका छन् ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले २०१७ को भाषा परीक्षा उत्तीर्ण कामदारलाई प्राथमिकताका आधारमा लैजान त्यहाँको मानव संसाधन विभागसँग आग्रह गरेको छ । विभागका प्रतिनिधिसँग मङ्गलबार भएको छलफलमा सन् २०१७ को भाषा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका कामदारलाई समयावधिभित्रै कोरिया लैजान अनुरोध गरिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।

भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका कामदार दुई वर्षभित्र कोरिया गइसक्नुपर्ने प्रावधान छ । २०१७ को भाषा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका करीब पाँच हजार कामदार कोरिया जानबाट वञ्चित रहेको इपिएस नेपाल पीडित समूहले जनाएको छ ।

रोजगारीको आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया नेपालीको रोजाइमा पर्दै आएको छ । गत असोज मसान्तसम्म ७५ हजार ६७९ कामदार रोजगारीका लागि कोरिया पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । त्यस्तै सन् २०१८ को भाषा परीक्षा उत्तीर्ण गरेका सात हजार ९९८ मध्ये सात हजार ४८१ कामदार कोरिया पुगिसेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुग्यो

काठमाडौं, २३ फागुन । कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुगेको छ ।कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज खोपमध्ये आज ३ लाख ४८

सभामुखसँग प्रचण्ड र माधव नेपालको भेटवार्ता

काठमाडौं, २३ फागुन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान सभामुख

खाेप लगाएपछि प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘ढुक्क हुनुहाेस्, खाेप सुरक्षित छ’

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान त्रिवि शिक्षण अस्पताल

सम्बन्धित

जनमानसमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै मेगा बैंकको ५ बुँदे प्रष्टीकरण

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

नेकपा ओली समूहको संसदीय दलको बैठक आज

नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार

मिसेस ब्युटी क्वीनबाट जितेको रकम चित्रपुर स्याहार केन्द्रलाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com