ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेपत्ता पत्रकार खड्काको हेलिकप्टरद्वारा खोजी


admin

बाजुरा, २८ कात्तिक । बाजुराको उत्तरी भेगमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बूढीनन्दामा तीन महीना पहिले हराएका पत्रकार तेजबहादुर खड्का (तेजु)को नेपाली सेनाको हेलिकप्टरबाट खोजी कार्य भएको छ ।

गत भदौ ९ गते बूढीनन्दा माताको दर्शन गरेर घर फर्किने क्रममा छाप्रोबाट बरमाग्नेतर्फ जुत्ता–चप्पल लिन गएका पत्रकार खड्काको अवस्था अझै अज्ञात रहेको छ ।

बेपत्ता भएका पत्रकार खड्काको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर आज बिहान सुर्खेतबाट कोल्टीमा अवतरण गर्दै थप खोजीका लागि स्थानीय नेपाली सेना, नेपाल प्रहरीलाई घटनास्थलमा पु¥याएर खोजी कार्य भइरहेको प्रजिअ चेतराज बरालले जानकारी दिनुभयो ।
अज्ञात रहेका खड्काको जिल्ला प्रशासन, पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन र सरोकारवालाहरुको पहलमा हेलिकप्टरबाट खोजी गर्न सम्भव भएको नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य मीनबहादुर बमले बताउनुभयो ।

बेपत्ता भएका खड्काको खोजीका लागि गृह मन्त्रलायले रक्षा मन्त्रालयलाई हेलिकप्टरबाट खोजीका लागि पत्र पठाएर हेलिकप्टर परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । खोजीमा संलग्न भएका टोलीले खाद्यान्नसमेत लिएर गएको बूढीनन्दा रेडियोका प्रबन्धक अनिल शाहीले बताउनु भयो ।

हेलिकप्टरले स्थानीयवासीलाई घटनास्थल पु¥याएर केही संवेदनशील स्थलहरुमा हेलिकप्टरमार्फत खोजी गर्ने बताइएको छ ।

करीब १५ वर्ष रेडियो नेपालको स्थानीय प्रतिनिधि भएर र ६ महीना रेडियो नेपाल सिंहदरबारमा काम गर्दै हाल रेडियो बूढीनन्दामा कार्यरत पत्रकार खड्का बेपत्ता भएको तीन महीना बितिसकेको छ । बेपत्ता खड्काको अवस्था भने अझै अज्ञात रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com