ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुट्टा गुमाएकी बालिकाको उपचारमा समस्या


admin

सिञ्जा, २८ कात्तिक । हुम्ला अदानचुली गाउँपालिका–४ बिगोठीका ११ वर्षीया रमिला बुमीको उपचारमा समस्या भएको छ ।

असोज ११ गते बारीमा लगाएको काँक्रो लिन गएकी बुमी छिमेकीले स्याल मार्न थापेको पासोमा परी घाइते भएकी थिइन् । घाइते बुमीको दायाँ खुट्टा काट्नु परेको थियो । समयमै उपचार नपाउँदा छोरीको खुट्टा काट्नु परेको बुबा जनकले बताउनुभयो । “उपचार गर्न लाखौँ रुपैयाँ ऋण लागेको छ, ऋण तिर्न समस्या छ,” छोरीको उपचार गराउन जुम्ला आउनुभएका जनकले पीडा सुनाउनुभयो ।

रमिलाको हाल जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । छोरीको उपचारका लागि विभिन्न व्यक्तिलगायतलाई गुहारे पनि सहयोग जुट्न नसकेको बुबा जनकले बताउनुभयो ।

उपचारका लागि सुर्खेत झरे पनि त्यहाँ निको हुन नसकेपछि रमिलालाई भारतको लखनऊ लगिएको थियो । लखनऊमा उनको उपचारमा रु पाँच लाख ८० हजार खर्च भयो । “रकम अभाव भएपछि २१ दिनपछि घाउ पूर्णरुपमा निको हुन नपाउँदै घर फर्के,” बुबा जनकले भन्नुभयो ।

असोज अन्तिमदेखि रमिलाको जुम्लामा उपचार भइरहेको छ । छिमेकीबाट ऋण काढेर जुम्ला पु¥याइएकी रमिलाको उपचारमा हालसम्म रु दुई लाखभन्दा बढी खर्च भइसकेको छ ।

“बस्न, खान र औषधि किन्न समस्या भएको छ,” उहाँले भन्नुभयो । पढाइमा तीक्ष्ण रमिलाले खुट्टा गुमाएपछि पढाईमा बाधा पुगेको छ । चार कक्षामा पहिलो भएकी रमिला गाउँकै जनप्रिय आधारभूत विद्ययालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । पढ्ने चाहना भएपनि खुट्टा गुमाएका कारण उनलाई गाउँको विद्यालयमा पढाउन नसकिने उनका बुबा जनकको पीडा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com