ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायीले गरे भारतबाट ४० लाखको केरा आयात


admin
कार्तिक २६, २०७५ सोमबार  ४ : २६ बजे

गौशाला, २६ कात्तिक । महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रु ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो ।

अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट रु ३० लाखसम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताउनुभयो । यहाँका केरा व्यापारीले यस वर्ष सामूहिक रूपमा २५ ट्रक केरा आयात गरेका थिए । ट्रकको भाडा उनीहरुले मिलेर तिर्ने गरेका छन् । यसअघि छठ पर्वमा भारतबाट झण्डै १५ ट्रकसम्म केरा आयात गरिँदै आएको थियो । जलेश्वर बजारमा प्रतिघार केरा रु चार सयदेखि रु आठ सयसम्ममा बिक्री भइरहेको छ ।

तालतलैया सिँगारिँदै 

छठ पर्वको लागि महोत्तरीका नदी, पोखरी र ताल तलैया दुलहीझैं सिँगारिएका छन् । करीब सात लाख जनसङ्ख्या रहेको जिल्लाका रातु, बाँके, महरा, औंकशी, जङ्घा, कुटमेश्वरी, विग्हीलगायतका नदी, पोखरी तथा तालतलैया दुलहीझँै सिँगारिएका छन् ।

प्रत्येक नदी, पोखरी र तालतलैयामा छठ घाट निर्माण गरिएको छ । अधिकांश घाटमा ठूल–ठूला पंडाल, कलात्मक गुफा र सूर्य भगवान्को मूर्ति निर्माण गरिएको छ भने सबै घाटलाई झिलीमिली बत्ती र झकीझकाऊका वस्तुले सजाइएको छ ।

धेरैजसो ठाउँमा नाचगान, नाटक र सांस्कृतिक कार्यक्रमको पनि व्यवस्था गरिएको छ । मङ्गलबार साँझ छठ पर्वका लागि घाटमा अघ्र्य दिन जानुअघि आजै जिल्लाका प्रत्येक घाटलाई सिँगारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com