ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

जाडोसँगै निमोनियाको जोखिम बढ्दै


admin

चितवन, २६ कात्तिक । शहरीकरणसँगै बढ्दै गएको धुलो, धुँवाका कारण निमोनियाको जोखिम बढ्दै गएको छ । फोक्सोमा हुने संक्रमण निमोनिया हो । चिकित्सकहरुको भनाइमा ब्याक्टेरिया, भाइरस, फङ्गस, प्रोटोजोवालगायतले फोक्सोमा संक्रमण भई निमोनिया हुने गर्दछ ।

वीर अस्पताल काठमाडौँका वरिष्ठ छाती रोग विशेषज्ञ डा अषेश ढुङ्गानाका अनुसार एक दिनमा ११ हजार लिटर हावा फोक्सोले प्रशोधन गर्ने गर्दछ । हावाको माध्यमबाट फोक्सोमा प्रवेश गर्ने धुलो, धुँवा र किटाणुले फोक्सो संक्रमित भई निमोनिया हुने गर्दछ ।

समुदायमा हुने र अस्पतालमा भर्ना भएपछि हुने निमोनिया दुई प्रकारका हुने गर्दछन् । अस्पतालजन्य निमोनिया निकै जोखिमपूर्ण हुने चिकित्सकको भनाइ छ । ढुङ्गानाको भनाइमा अस्पतालमा एक बिरामी र अर्काे बिरामी हेर्दा हातको सरसफाइ गर्न सकेमा मात्रै पनि धेरै हदसम्म जोखिम कम गर्न सकिन्छ ।

चितवन मेडिकल कलेजका वरिष्ठ छाती रोग विशेषज्ञ डा शितल अधिकारी रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई निमोनियाको जोखिम उच्च हुने बताउनुहुन्छ ।

मिर्गाैला प्रत्यारोपण, मिर्गाैलाको समस्या भएका, मधुमेह, एचआइभी संक्रमितजस्ता व्यक्तिमा फङ्गसका कारण पनि निमोनिया हुन सक्ने उहाँको भनाइ छ । ज्वारो आउने, छाती दुख्ने, खोकी लाग्नेजस्ता लक्षण नभए पनि वृद्धहरुमा खाना नरुच्ने र चक्कर लाग्दा पनि निमोनियाको लक्षण देखा पर्न सक्ने उहाँले बताउनुभयो ।

ब्याक्टेरियाले भएको निमोनियाको ‘एन्टिबायोटिक’ औषधि रहे पनि उचित प्रयोग गर्न नसकेमा जोखिम हुने अधिकारी बताउनुहुन्छ । भाइरस निमोनियाको भने केहीको मात्रै एन्टिभाइरल औषधि रहेको उहाँको भनाइ छ ।

तर पनि ६५ वर्ष नाघेका वृद्ध, मधुमेह भएका, मुटु, मिर्गाैला र कलेजेको समस्या भएकालाई यो कडा हुने अधिकारीले बताउनुभयो । जाडो बढेसँगै मौसमी रुघाखोकी फैलने सम्भावना बढी हुने गर्दछ । उहाँले भन्नुभयो, “सबैले निमोनिया गर्दैन, तर गर्भवती महिला, बच्चा, मधुमेहका बिरामी, वृद्ध, मदिरा सेवन गर्ने व्यक्तिमा निमोनिया हुने सम्भावना बढी हुन्छ ।”

भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेष डा युवानिधि बसौला पाँच वर्षमुनिका बच्चा निमोनियाको उच्च जोखिममा रहने बताउनुहुन्छ । यो उमेरमा मृत्यु हुने पाँच बच्चामध्ये एक निमोनियाको कारण मृत्यु हुने गर्दछन् ।

बाल मृत्युको प्रमुख कारण निमोनिया रहेको चिकित्सकको भनाइ छ । बच्चालाई घरभित्रको धुँवाधुलोमा नराख्न, भीडभाडमा नलैजान, बच्चाको छेउमा बसेर चुरोट नपिउन, कुपोषणबाट बचाउन, आमाको दूध खुवाउन, झोलिलो पदार्थ खुवाउन र नियमित खोप लगाउन डा. बसौला सुझाव दिनुहुन्छ ।

एचआइभी संक्रमित र दादुरा भएका बच्चामा उच्च जोखिम हुने भएकाले नियमित औषधि प्रयोग गरेर रोगबाट बच्नुपर्ने उहाँले बताउनुभयो । बच्चालाई न्यानोमा राख्न, हात धोएर मात्रै खाना खुवाउन, तातोपानी, तुलसी पानी खुवाउन र छ महीनापछिको बच्चालाई अतिरिक्त खाना नियमित खुवाउनुपर्ने उहाँको भनाइ छ ।

निमोनिया भएमा शुरुमा खोकी लाग्ने, नाकबाट सिङ्गान बग्ने र हल्का ज्वरो आएर साधारण रुघाखोकी लाग्ने र पछि छिटोछिटो श्वास फेर्ने गाह्रो हुने (कोखा हान्ने) गर्दछ । कडा किसिमको निमोनियामा उच्च ज्वरो आउने भन्दै यस्ता लक्षण भएमा तत्काल स्वास्थ्य संस्थामा लैजान डा बसौलाले सुझाव दिनुभयो ।

कडा खालको निमोनिया भएका बालबालिकाले खान र पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ र कसैकसैमा श्वास फेर्दा अस्वाभाविक आवाजसमेत आउने गर्दछ । यस्तो बेला स्वास्थ्यकर्मीहरुले उपचारमा विशेष ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् ।

वरिष्ठ छाती रोग विशेषज्ञ अधिकारी जथाभावी एन्टिबायोटिकको प्रयोगले पहिले प्रभावकारी देखिएका औषधि हाल प्रभावहीन बन्दै गएको बताउनुहुन्छ । सामान्य अवस्थामा एन्टिबायोटिकको प्रयोग नगर्न उहाँले सुझाव दिनुभयो । सन् २००९ बाट संसारभर नोभेम्बर १२ का दिन विश्व निमोनिया दिवस मनाइन्छ । दिवसको यस वर्षको नारा निमोनियालाई रोकौँ रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर हरेक वर्ष पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ । नेपालमा पाँच वर्षमुनिका ३५ लाख बालबालिकामध्ये पाँच हजार ६०० जनाको मृत्यु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्ड–नेपाल पक्षले ओलीविरूद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता गर्ने तयारी

काठमाडौं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरूसँग छलफल गरेर

राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान

गण्डकी, १७ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज

म माथि शारीरिक हमला हुन सक्छ, ज्यान तलमाथि भयो भने अनौठो नमान्नु : प्रधानमन्त्री ओली

काठमाडौं, १७ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जोखिम रहेको बताउनुभएको छ ।पोखरामा भएको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूले

सम्बन्धित

विसं २०७८ मा तीन दशैँ

पूर्वप्रधानमन्त्री भट्टराईलाई ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष

सोलु एफ एमको स्टुडियोमा आगलागी, १ करोड रुपैयाँ बराबरको क्षति

न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित पक्राउ

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री

नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com