ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उदयपुरमा दुई दर्जन ट्र्याक्टर प्रहरी नियन्त्रणमा


admin

गाईघाट, २६ कात्तिक । उदयपुरमा तिहार समाप्त हुनेबितिकै ट्र्याक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८ मा ट्र्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु र ३४ घाइते भएपछि आजदेखि प्रहरीले उदयपुरमा ट्र्याक्टरमा मान्छे बोकेर पिकनिक लाने र मान्छे चढाएर ओसारपसार गर्ने कार्यमा प्रतिबन्ध लगाएको छ ।

यसै क्रममा आज बिहान प्रहरीले जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान मानिस बोकेर हिँडेको एक दर्जन जति ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी जिल्लाको त्रियुगा नगरपालिका– २ भुल्केबाट तीन वटा ट्र्याक्टर, देउरी र बगाहा मोतिगडा क्षेत्रबाट सात वटा ट्र्याक्टर, पूर्वी क्षेत्रको बेल्टार बसाहा क्षेत्रबाट छ वटा र कटारी क्षेत्रबाट पनि पिकनिकका लागि मान्छे चढाएर सञ्चालन गरेको ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताउनुभयो ।

अहिले गाईघाटलगायत जिल्लाको सबै क्षेत्रमा मान्छे बोकेर हिँड्ने ट्र्याक्टरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी गाईघाटका प्रमुख अमित कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com